OnlinePana

आज : २०८३ जेठ २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २३, २०७८काठमाडौं
१०९६ पटक

२३ भाद्र २०७८, बुधबार

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा पनि राजनीतिमा प्रवेश गरेका छन् ।

उनले नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका छन् । २६ वर्षीय जयवीर हालै मात्र युनिभर्सिटी अफ न्युयोर्कबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेर फर्किएका हुन् ।

उनले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कार्यसमितिको सिफारिसमा क्रियाशील सदस्यता पाएका हुन् । डडेल्धुरामा २५ भदौमा वडा अधिवेशन गर्ने तयारी भईरहेकोले उनी क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आउने तयारीमा रहेको कान्तिपुर यअनलाईन समाचारमा छ ।

प्रतिकृया दिनुहोस्