OnlinePana

आज : २०८२ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र २३, २०७८
११३६ पटक

२३ भाद्र २०७८, बुधबार

भारतको हिमाञ्चल प्रदेशको सिम्लाबाट नेपाल आउँदै गरेका जाजरकोट निवासी निरज शाही सम्पर्कविहीन भएका छन् । जुनीचाँदे गाउँपालिका( २ जाजरकोटका स्थायी निवासी १८ वर्षीय शाही यही भदौं १९ गते हिमाञ्चल प्रदेशको सिम्लाबाट घर आउन भनि नेपाल हिडेका थिए ।

कक्षा १२ मा अध्ययनरत शाही को परीक्षा दिन भनी घर फर्किदै गरेको अवस्थामा भारतबाटै सम्पर्कविहीन भएको उनका बुबा पूर्णबहादुर शाहीले जानकारी दिनुभयो । उनी भारतमा मामाको साथमा बस्दै आएका शाहीले बताउनुभएको छ ।

‘१२ कक्षाको परिक्षा दिने भनेर भदौं १९ गते सिम्लाबाट हिँडे भनेर ७८०७३९३६५८ नाम नखुलेको नम्बरबाट हरिद्वारको गाडीमा नेपाल फर्के भनेर फोन आएको थियो, उहाँले भन्नुभयो, ‘तर छोरा आजसम्म पनि सम्पर्क आएन । छोराको हुलिया हेरेर फेला पारेमा ९८५८०९०७९०० ९८४८३७५०४६ वा ९८६६२११९९५ मा सम्पर्क गरी सहयोग गरिदिन हुन अनुरोध गर्दछु ।’

प्रतिकृया दिनुहोस्