OnlinePana

आज : २०७९ चैत्र १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २१, २०७८ सुर्खेत
४१६ पटक

 २१ भदौ २०७८, सोमबार

कर्णाली प्रदेश नीति तथा योजना आयोगले दिगो विकास लक्ष्य कार्यान्वयन गर्न त्रिकार्य गर्ने भएको छ ।

प्रदेश योजना आयोगका उपाध्यक्ष तथा कर्णाली प्रदेश दिगो विकास लक्ष्य समन्वय तथा कार्यान्वयन समितिका संयोजक डा.सर्वराज खड्काको अध्यक्षतामा बसेको पहिलो बैठकले तीन वटा महत्वपूर्ण निर्णय गरेको हो । बैठकले दिगो विकास लक्ष्य कार्यान्वयन गरी यहाँको विकास र समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले तीनवटा काम गर्ने निर्णय भएको आयोगका सदस्य डा.दीपेन्द्र रोकायले जानकारी दिनुभयो ।

‘कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रम सप्ताह, २०७८’ असोज १–११ गतेसम्म उत्साहजनक र परिणाममुखी रुपमा विभिन्न कार्यक्रम गरी मनाउने, आयोगको नेतृत्वमा ‘कर्णाली प्रदेश दिगो विकास लक्ष्य प्रगति प्रतिवेदन, २०७८’ पुस मसान्तसम्ममा तयारी गरी प्रकाशन गर्ने र लक्ष्य अनुसार प्रदेश मन्त्रालयमा आन्तरिकीकरण र स्थानीय तहमा वडास्तरसम्म स्थानीयकरण गर्न कार्यान्वयन समिति निर्माण गर्न पत्राचार गर्ने निर्णय भएको सदस्य डा.रोकायले बताउनुभयो ।

प्रदेश जिल्ला समन्वय समिति महासंघ, प्रदेश नगरपालिका महासंघका प्रमुखहरु तथा युएन एजेन्सी, कर्णाली प्रदेश गैरसरकारी संस्था महासंघ नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको बैठकमा प्रदेशका मन्त्रालयहरुबाट आफ्नो कार्यक्षेत्रको दिगो विकास लक्ष्यको स्थितिका बारेमा रिपोर्टिङ्ग गरेको आयोगले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्