OnlinePana

आज : २०८३ साउन ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १८, २०७८काठमाडौं
७४३ पटक

१८ भाद्र, २०७८, शुक्रबार

नेपाली सेनामा रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो ।

बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ । प्रकाशित सूचना अनुसार दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म आवेदकका उमेर १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

प्रकाशित सूचना हेर्नुहोस्ः

प्रतिकृया दिनुहोस्