OnlinePana

आज : २०८३ साउन ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १६, २०७८काठमाडौं
२४०५ पटक

मेरो घर जल्दा तिमी हाँस्यौ,
जलेको देख्न चाहन्थ्यौ त्यसैले हाँस्यौ,
फुटेको देख्न चाहान्थ्यौ त्यसैले हाँस्यौ,
खासमा,
जलेको घर तिम्रो थिएन त्यसैले त हाँस्यौ ।

अनि म पनि,
तिम्रो लाचारपना देखेर हाँसे,
तिम्रो असली नियत देखेर हाँसे,
तिम्रो असली चरित्र देखेर हाँसे,
तिम्रो असली मित्रता देखेर हाँसे,
अनि घर जलाउने ती कथित आफ्ना,
घरकै मान्छेहरुलाई देखेर हाँसे ।

हुन सक्छ तिनीहरु,
घर जलाएर घरको बीमाबाट
दोब्बर लाभ असुल्न चाहान्थे होला,
एमसीसी जस्ता घातक सम्झौताहरु भित्र्याएर
देशमा डलरको खेती गर्न चाहन्थे होला,
देशी र विदेशी दलालको चंगुलमा फसेर
विवश अनि रनभुल्ल थिए होला ।

त्यसैले त,
आफ्नै घर जल्दा पनि निभाईएन
निभाउन खोज्नेलाई समेत सघाईएन,
बाटो छेकियो
अनेकन डर त्रासको हाउगुजी देखाईयो
लोभ लालच अनि प्रलोभनमा पारियो
पानी होइन, घ्यू थपेर घर जलाइयो ।

लाग्छ,
सराप्ने छ तिनीहरुलाई
प्राप्त जनमत अनि जनविश्वासले
एउटा आस्था, सिद्धान्त अनि विचारले
अग्रजहरुको त्याग अनि बलिदानले ।

उफ्,
तर तिमी हाँस्यौ
निर्लज्ज मुहार देखाउँदै
न अब तिमीलाई भूतदेखि पश्चाताप छ,
नत अब तिमीलाई वर्तमानको डर छ
भविश्यको चिन्ता कसका लागि गर्छौ होला र रु
आफू बाहेक,

हैट् ,
अनि म पनि हाँसे
तिम्रो त्यो दिवास्वप्न देखेर हाँसे ।।।

                                         धनबहादुर शाही (डी.बी.ए.पी)

प्रतिकृया दिनुहोस्