OnlinePana

आज : २०८३ साउन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १५, २०७८काठमाडौं
२३५१ पटक

गायिका विष्णु माझीको तीज गीत ‘चरी जेलैमा’ले नेपाली गीत संगीत क्षेत्रमा नयाँ इतिहास निर्माण गरेको छ । नेपाली गीत मध्येमा माझीको स्वरमा गाईएको ‘चरी जेलैमा’ गीतले युट्युबमा सबैभन्दा छिटो एक करोड भ्यूअर्स पार गरेको छ । भाद्र २ गते अर्थात अगष्ट १८ मा रिलिज भएको यो गीतले १३ दिनमा अगष्ट ३१ (भाद्र १५) गतेमा आईपुग्दा एक करोड अर्थात १० मिलियन भन्दा बढीको भ्यूअर्स पार भएको छ ।

यसअघि पल शाह र मलिका महतद्धारा अभिनित टाढा भएु पनि गीतले युट्युबमा सबैभन्दा छिटो करोड भ्यूअर्सको रेकर्ड बनाएको थियो । सो गीतको भिडियोले १५ दिनमा एक करोड भ्यूज पार गरेको थियो। त्यस्तै, पल र मलिकाद्धारा अभिनित फूलबुट्टे सारीले प्रकाश सपुतको गलबन्दीसँग करोड पुग्ने म्युजिक भिडियोसँग बराबरी गरेको थियो। ती दुवै गीतले १८ दिनमा करोड भ्यूज पार गरेको रेकर्ड राखेको थियो ।

प्रतिकृया दिनुहोस्