OnlinePana

आज : २०८१ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १४, २०७८सुर्खेत
१६७० पटक

१४ भाद्र २०७८, सोमबार

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीद्वारा बलात्कृत भनिएकी पीडित महिलाले आफु बलात्कृत नभएको बताउनुभएको छ । ।

शुभकालिका गाउँपालिका ८ कालीकोटक सेजुवालवाडाका पीडित महिला मिमसरा महताराले आज सुर्खेतमा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी आफूमाथि कुनै बलात्कार नभएको, बरु विभिन्न ढंगबाट बलात्कृत बनाएर पीडा दिईएको प्रतिक्रिया दिनुभयो । “मलाई जुन विषयमा मन्त्री र मेरो नाम जोडेर बलात्कार गरेको झुट आरोप लगाईएको छ, यो सरासर गलत हो । मेरो व्यक्तिगत जीवनमा कसैले चरित्र हत्या गर्न खोज्छ भने म उसैको नाममा चिठी लेखेर मर्छु र सोही मिडिया जवाफदेही हुनेछ भनेर समाचार आउने बित्तिकै लेखिसकेको थिए,” उहाँले भन्नुभयो ।

महताराले अगाडि भन्नुभयो, “म पीडित भएको मलाई नै थाहा छैन । विना कारण मलाई आज नखाएको विष लागेको छ । न म अन्याय छु नत म बलात्कृत महिला हो । ममाथिको बलात्कारको विषय थियो भने मलाई किन सोधिएन र एक कल फोन किन गरिएन ? अनुमति विना अर्काको समाचार लेख्न पाईन्छ र ? यदि म बलात्कृत हो भने पत्रकार र सामाजिक सञ्जालले जबरजस्ती बलात्कृत बनाउँदै छन् ।”

हामी बुढाबुढी सुर्खेत कोठामै रहँदा रहँदै हामीलाई थाहा नदिई अन्याय परेको बनाएर आईतबार युवा संघ, अनेरास्ववियुका विद्यार्थीले गरेको आन्दोलनप्रति आपत्ति जनाउँदै आफ्नो ईज्जतलाई साधन बनाएर राजनीति स्वार्थ पुरा गर्न खोजिएको उहाँको आरोप थियो । यही कारणले आफ्नो जीवन केही भए त्यसमा स्वयं मिडिया र व्यक्ति जवाफदेही हुनुपर्ने उहाँको चेतावनी थियो ।

पीडितका पति आयुष सेजुवालले आफ्नो श्रीमतीलाई गोटी बनाएर रिस साँध्न र राजनीतिक लाभ लिन खोजिएको आरोप लगाउनुभयो । “यस विषयमा कसैलाई समाचार लेख्न भनेर गुहारेको छैन । हामीले (मेरो श्रीमतीले) मलाई बलात्कार भएको छैन भन्दा अरुलाई किन टाउको दुख्यो ?” सेजुवालले भन्नुभयो, “मेरो श्रीमतीसँग कृषिमन्त्रीको अनैतिक सम्बन्ध भनेर जुन भिडियो बनाईएको छ, त्यो फेक हो, फर्जी हो । विश्वास नलागे त्यसलाई राम्रोसँग जाँच्दा हुन्छ ।”

उहाँले मन्त्री र आफ्नो श्रीमतीबीच बाबु छोरीको सम्बन्ध रहेको दावी गर्नुभयो । श्रीमतीको चरित्र हत्या गरेर मन्त्रीको मानहानी गर्ने काम खेदजनक भएको टिप्पणी गर्दै सेजुवालले डिप्रेशनमा गएको परिवारलाई शान्ति सुरक्षाका साथ बाँच्न दिन र अब आगामी दिनमा त्यस्ता अफवाहका समाचार सम्प्रेषण नगरिदिन सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस्