OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १३, २०७८सुर्खेत
४९२ पटक

१३ भाद्र २०७८, आईतबार

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले प्रमाणसहित पीडितको उजुरी आए सरकारले आफ्नो कदम चाल्ने बताउनुभएको छ ।

आज आफ्नै कार्यक्रक्षमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा कानूनमन्त्री नेपालीले प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीमाथि बलात्कारको आरोपका विषयमा सञ्चार माध्यममा आएका समाचारका भरमा सरकारले धारणा नबनाउने बताउनुभयो । यद्यपि यस बारेमा भने सरकारको ध्यानाकर्षण भएको उहाँले जनाउनुभयो ।

“पीडित पक्षले सत्य तथ्य प्रमाणसहितको उजुरी दिनुपर्यो,” उहाँले भन्नुभयो, “गलत देखिए लेख्नै पर्दैन । सरकारले तत्काल आफ्नो कदम चालिहाल्छ नि ?” पीडित स्वयंमले नै समाचार लेखेर आफ्नो चरित्र हत्या गर्ने काम भयो भनेर सामाजिक सञ्जालमार्फत भनिरहँदा उनको पनि के हो भन्ने नबुझी मिडियामा जे आउँछ त्यही अनुसार सरकारले धारणा नबनाउने मन्त्री नेपालीको भनाई थियो ।

पीडितले हामीमाथि अन्याय भयो भनेर प्रशासन नपुगेको र यसबारे स्पष्ट जानकारी नभएको बताउँदै उहाँले भन्नुभयो, “पीडितले न्याय पाउनका लागि सम्बन्धित निकायबाट आफ्नो प्रक्रिया अगाडि बढाउनु पर्यो । सरकारसँग सत्य तथ्य खबर आएको छैन ।” आरोप लाग्ने बित्तिकै जो कोही दोषी ठहर नहुने भन्दै न्याय खोज्ने स्वयं पीडित पक्ष सक्रियताका साथ लागेर यथार्थ प्रमाण जुटाए सरकारले कारवाही गर्न ढिला नगर्ने उहाँको जिकिर थियो ।

मन्त्री नेपालीका अनुसार पत्रकारहरुको असुरक्षा भएको खण्डमा उनीहरुको सुरक्षाको व्यवस्था मिलाउने काम राज्य एवं सरकारले गर्दछ । त्यसका लागि उहाँहरुले पनि सम्बन्धित निकायमा जानकारी दिनुपर्यो । शनिबार कर्णालीका नौवटा नागरिक तथा अधिकारवादी संस्थाहरुले मन्त्री शाहीमाथिको बलात्कारको आरोपको विषयमा प्रदेश सरकार र यहाँका दलहरुको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका थिए ।

प्रतिकृया दिनुहोस्