OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ११, २०७८काठमाडौं
८३४ पटक

११ भाद्र २०७८, शुक्रबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दक्ष जनशक्ति उत्पादनमा सबैले जोड दिनुपर्ने बताउनुभएको छ ।

नेपाल जेसीजको आयोजना तथा वीरेन्द्रनगर जेसीजको संयोजनमा आजदेखि सुर्खेतमा दुई दिनसम्म हुने सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले जेसिजले देश विकासका लागि दक्ष युवा जनशक्ति उत्पादनतर्फ जोड दिन आग्रह गर्नुभयो । दक्ष युवा जनशक्ति विना मुलुकको समृद्धि हुन नसक्ने बताउँदै उहाँले जेसीजले युवा नेतृत्व जन्माउने खालका अभियानहरु सञ्चालन गर्न सुझाउनुभयो ।

समाज रुपान्तरणमा नेपाल जेसीजको महत्वपूर्ण भूमिका रहेको औंल्याउनुभएका मुख्यमन्त्री शाहीले सामाजिक न्याय स्थापनाका निम्ति नागरिक संस्थाहरु लागिरहनुपर्ने बताउनुभयो । सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले मुलुकको विकास र समृद्धिको मेरुदण्ड युवा जनशक्ति भएको बताउँदै समाजिक सद्भाव र मानव सेवामा जेसिजको अमुल्य योगदान रहेको विचार व्यक्त गर्नुभयो ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले युवाको नेतृत्व विकास र सामाजिक रुपान्तरणमा जेसीज लागिरहेको बताउनुभयो । युवाहरुको सक्षमतालाई उपयोग गर्दै उनीहरुलाई उद्यममा लाग्न सरकारले स्वदेशमा नै टिकाउने खालका नीति तथा कार्यक्रम ल्याउन अध्यक्ष खनालले आग्रह गर्नुभयो ।

नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठले दुई दिनसम्म सञ्चालन हुने सम्मेलनबाट युवा पंक्तिलाई सकारात्मक सन्देश, नेतृत्व तथा व्यक्तित्व विकासमा सहयोग पुग्नुका साथै कर्णाली क्षेत्रको व्यापार, पर्यटन तथा पहिचान प्रवद्र्धनमा टेवा पुग्ने जिकिर गर्नुभयो ।

भदौ १२ गतेसम्म सञ्चालन हुने कार्यक्रममा युवा नेतृत्व तथा मानव विकासका लागि नेतृत्वका अभ्यासका विषयमा बहस, जेसीजका विषेश एजेण्डाका बारेमा छलफल हुनेछ । कोरोना महामारीको संकटका बाबजुद पनि सम्मेलनमा राष्ट्रिय पदाधिकारी, क्षेत्र ‘घ’ का शाखा अध्यक्षहरुको सहभागिता रहेको छ । अनलाइन जुममार्फत ७०० सहभागीहरुको जोडिएका थिए ।

प्रतिकृया दिनुहोस्