OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ८, २०७८सुर्खेत
६१७ पटक

८ भाद्र २०७८, मंगलबार

विभिन्न मुद्दाको कसुरमा सजाय पाई फरार रहेका चार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने फरार प्रतिवादीहरुमा चेक अनादर मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेत निवासी प्रकाश शाही, चोरी मुद्दाका कसुरदार वीरेन्द्रनगर नगरपालिका ९ सुर्खेतका प्रदीप थापालाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै, सार्वजनिक अपराध मुद्दामा दोषी ठहर वीरेन्द्रनगर नगरपालिका ७ सुर्खेत निवासी धनमाया थापा र खुसल थापालाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । पक्राउ परेका चारैजनालाई प्रहरीले जिल्ला अदालत सुर्खेतसमक्ष उपस्थित गराएको छ ।

त्यसैगरी, प्रहरीले आजै रु.चार लाख मूल्य बराबरको मूल्य अभिवृद्धि कर नतिरेको अवैध मालसमान बरामद गरेको छ । कर्णाली प्रदेशको प्रवेशद्वारा मानिने अस्थायी प्रहरी पोष्ट बबई चौकीले काठंमाडौंबाट सुर्खेततर्फ आउदै गरेको प्रदेश नं.३ ०१०२३.च ५९४९ नम्बरको सुपरयस गाडी चेकजाँचको क्रममा उक्त अवैध समान बरामद गरेको हो ।

प्रहरीले बरामद सामग्री, गाडीसहित गाडी चालक काठमाडौँ महानगरपालिका १४ काठमाडौं निवासी २८ वर्षीय सुनिलकुमार रैनियालाई नियन्त्रण लिई थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय कोहलुर बाँके पठाईएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्