OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टी संरचना बन्यो

१७ पदाधिकारी, १५१ जना केन्द्रीय सदस्य र ८ वटा केन्द्रीय निकाय

कोरपाटी संवाददाताभाद्र ८, २०७८काठमाडौं
७२३ पटक

८ भाद्र २०७८, मंगलबार

नेकपा एमालेबाट विद्रोह गरी नयाँ बन्न लागेको नेकपा (एकीकृत समाजवादी)ले १७ पदाधिकारीसहित १५१ जना केन्द्रीय सदस्य रहने गरी अन्तरिम विधान तयार गरेको छ । जसमा ११५ जना पूर्ण केन्द्रीय सदस्य र ३६ जना वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ ।

पार्टीको अन्तरिक विधान, नियमावली र घोषणापत्र टुंगो लगाउन प्रस्तावित एकीकृत समाजवादी पार्टीका नेताहरू चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा भदौ ७ देखि बैठक बसिरहेका छन् ।

प्रस्तावित विधानमा ५१ जना सदस्य रहेको पोलिटब्युरो र २१ सदस्यीय स्थायी कमिटी बनाउने प्रस्ताव गरिएको छ । महाधिवेशन नहुँदासम्म केन्द्रीय कमिटीका पदाधिकारी राष्ट्रिय परिषदबाट निर्वाचित गर्ने व्यवस्था विधानमा गरिएको छ ।

पार्टीमा अध्यक्ष–१, वरिष्ठ नेता–१, उपाध्यक्ष–७ महासचिव–१, उपमहासचिव–२ र सचिव ७ जना सहितको पदाधिकारीको व्यवस्था प्रस्ताव गरिएको छ ।

पार्टीमा ८ वटा केन्द्रीय निकायको प्रस्ताव गरिएको छ । जसमा राष्ट्रिय महाधिवेशन, राष्ट्रिय परिषद, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च रहने प्रस्ताव गरिएको छ ।

केन्द्रीय अनुसाशन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग सबै ३१ सदस्यीय हुने प्रावधान विधानमा समेटिएको छ ।

प्रत्येक पाँच वर्षमा महाधिवेशन गर्ने, दुई महाधिवेशनबीचको पार्टीको सर्वोच्च नीति निर्माता संस्थाको रुपमा महाधिवेशनले राष्ट्रिय परिषद् निर्वाचित गर्ने व्यवस्था पनि गरिएको छ ।

पार्टीको प्रदेश निकायहरूमा प्रदेशरविशेष अधिवेशन, प्रदेशरविशेष परिषद्, प्रदेशरउपत्यका विशेष प्रदेशरसम्पर्क समन्वय कमिटी र प्रदेश आयोगहरूको प्रस्ताव गरिएको छ ।

प्रदेश कमिटीमा अध्यक्ष–१, उपाध्यक्ष–२, सचिव–१ उपसचिव–२ र सदस्यहरू रहेको प्रदेश कमिटी रहने व्यवस्था गर्न लागिएको छ । प्रदेश कमिटीको कुल सदस्य संख्या प्रदेशमा जति प्रदेशसभा सदस्य निर्वाचित छन् त्यति र थप १५ जना रहने व्यवस्था प्रस्ताव गरिएको छ । उपत्यका विशेष प्रदेश कमिटी ७१ सदस्यीय प्रस्ताव गरिएको छ ।

पार्टीको १६ वटा स्थानीय निकायको प्रस्ताव गरिएको छ । जसमा प्रारम्भिक कमिटीदेखि जिल्ला अधिवेशनसम्मको व्यवस्था गर्न लागिएको छ ।

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को साधारण र संगठित गरी दुई प्रकारको सदस्यता रहने व्यवस्था गरिएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवादलाई बनाएको छ । पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयताको लेनिनवादी सिद्धान्तलाई मान्ने भएको छ ।

नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा अग्रसर हुनेछ र नेपाल कम्युनिष्ट पार्टीले शुरूदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक–समाजवाद स्थापना गर्ने महान लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्ने छ,’ पार्टीको घोषणा पत्रमा भनिएको छ । लोकान्तरबाट

प्रतिकृया दिनुहोस्