OnlinePana

आज : २०८१ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

मुख्यमन्त्री केसीको शपथ ग्रहणसँगै ७ सदस्यीय मन्त्रिमण्डल गठन

क्यान्सर र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई लुम्बिनी सरकारले २ लाख दिने

कोरपाटी संवाददातासाउन २८, २०७८काठमाडौं
६३९ पटक

२८ साउन २०७८ बिहीबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएसँगै मुख्यमन्त्री केसीले आफूसहित ७ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको छ ।

मन्त्रिमण्डलामा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपालसहितका ६ जना मन्त्री बनेका छन् । जसपाका ३ जना प्रदेशसभा सदस्यमध्ये ३ नै जना मन्त्री बनेका छन् ।

नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी ग्रामीण तथा शहरी विकास मन्त्री, नेकपा माओवादी केन्द्रका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजना मन्त्री र जसपाका सहसराम यादव भौतिक विकास तथा पूर्वाधार मन्त्री भएको जनाईएको छ ।

जसपाका पुर्मती ढेंगा, सुमन शर्मा रायमाझी र स्वतन्त्रबाट निर्वाचित अजय शाहीलाई विना विभागीय मन्त्रीका रुपमा शपथ लिनुभएको छ। शाही सूर्य चुनाव चिह्नबाट चुनाव लडेका थियो ।

रायमाझी शंकर पोखरेल नेतृत्वको सरकारमा विना विभागीय मन्त्री हुनुहुन्थ्यो। गठबन्धनले १० सदस्यीय मन्त्रिमण्डल बनाउने सहमति गरेको बाँकी मन्त्री केही दिनपछि बनाउने गठबन्धनको तयारी छ ।

त्यसैगरी, केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारको आज बसेको पहिलो बैठकले क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने बिरामीहरुलाई उपचारका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री कृष्णध्वज खड्काले जानकारी दिनुभयो ।

नवनियुक्त मुख्यमन्त्री केसीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने बिरामीलाई हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारको तर्फबाट थप दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले लुम्बिनी प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गरेको छ ।

प्रतिकृया दिनुहोस्