कोरपाटी संवाददातासाउन ९, २०८३काठमाडौं
३५ पटक

९ साउन २०८३, शनिबार
सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिनभएको छ ।
कर्णाली प्रदेशको दोस्रो कार्यकालको आठौं अधिवेशनको आज बसेको प्रदेशसभाको २२औं बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिनुभएको हो । मुख्यमन्त्री कँडेलविरुद्ध गत असार ३२ गते प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि आज दिउँसो ३ः०० बजे प्रदेशसभा बैठक बोलाइएको थियो ।
उक्त आविश्वासको प्रस्तावमाथि मतदान हुन अघि नै कँडेलले राजीनामा दिएपछि अब नयाँ सरकार गठन प्रक्रिया अगाडि बढेको छ । गत असार ३१ गते नेपाली काँग्रेसले सरकारबाट समर्थन लिएसँगै ३२ गते नेपाली कांग्रेस र नेकपाका गरी १६ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।




