OnlinePana

आज : २०८३ साउन ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ८, २०८३काठमाडौं
५ पटक

८ साउन २०८३, शुक्रबार

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले खाद्य उत्पादक नै वस्तुको पहिलो अनुगमनकर्ता भएको बताउनुभएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित गत आव.०८२÷०८३ मा वार्षिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै प्रजिअ जोशीले उत्पादक, भण्डारक र वितरकसम्म जिम्मेवार भए उपभोग्य वस्तुको गुणस्तरमा कमी नहुने बताउनुभयो । प्रशासनको अनुगमन सुधारात्मक भएको बताउँदै उहाँले एकैपटकम दण्डात्मक उपचार राम्रो नहुने जनाउनुभयो ।

प्रजिअ जोशीले भन्नुभयो, “हरेक व्यक्तिले आफ्नो आहारविहार अर्थात् आनीबानी परिवर्तन गर्न जरुरी छ । अन्नको प्रभावले शरीर मात्र होइन, मनलार्ई पनि असर गरिरहेको हुन्छ । तसर्थ हामीले प्रयोग गर्ने खाद्य वस्तुको गुणस्तर र उत्पादकत्व दुवै राम्रो हुनुपर्दछ ।”

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख श्रीराम न्यौपानेले सुर्खेत कार्यालयले दश जिल्लाको अवस्था हेर्दा अपेक्षित प्रतिफल निस्कन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनशक्ति र साधन स्रोतको अवस्था सीमित छ । दरबन्दी करिब ५० प्रतिशत कम छ यद्यपि काम नगरी पनि सुख छैन ।” पछिल्लो समयमा यहाँका ठूला होटलदेखि बजारका ससाना व्यवसायीहरुको उत्पादन र वितरणको गुणस्तर जाँच गरी उपभोक्तालाई सचेतना जगाएको कार्यालय प्रमुख न्यौपालने बताउनुभयो ।

समीक्षा कार्यक्रममा कार्यालयका खाद्य अनुसन्धान अधिकृत सन्तोष दाहालले कार्यालयले गत आव.०८२÷०८३ मा गरेका काम, भएको उपलब्धि एवं प्रगति र देखिएका चुनौति तथा समस्या समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले तल्लो तहका व्यापारीदेखि ठूलो होटलसम्मको अनुगमन गरी खाद्यवस्तुको गुणस्तर कायम, व्यापार व्यवसायीहरुलाई जिम्मेवार बन्न र उपभोक्तालाई सचेत गराउनुपर्नेमा सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस्