खलङ्गा कात्तिक १७ गते । जुम्लामा कस्तुरिको बिना सहित दुइजना पक्राउ परेका छन् ।
बिना सहित जुम्लाको पातारासी गाउँपालिकाको लाम्रीबाट दुईजनालाई कात्तिज १६ गते साढे ४ बजे प्रक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो ।
जुम्ला प्रहरीले पत्रकार सम्मेलन गरि दुईवटा कस्तुरीको विना सहित पक्राउ परेका २ जनालाई सार्वजनिक गरेर जानकारी समेत गरेको छ ।
जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले कस्तुरीको विना सहित विशेष सूचनाको आधारमा जुम्ला पातारासी गाउँपालिका ४ का जोगबहादुर बुढा र भक्तबहादुर बुढालाई पक्राउ गरिएको बताउनुभयो ।
प्रहरी नायव निरीक्षक धामीले जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक राजेन्द्र चन्दको नेतृत् वमा गएको टोलिले पक्राउ गरिएको बताउनुभयो ।
धामीका अनुसार, पक्राउ परेका दुबै जनालाई पातारासीबाट सदरमुकाम जिप्रकामा अनुसन्धान भइरहेको र आवश्यक प्रमाण सहित जिल्ला वन कार्यालयमा अनुसन्धानका लागि पठाईने छ ।
तर आफन्तले फसाईएको प्रतिसक्रिया दिएका छन् । वैशाखको अन्तिममा यार्सा टिप्न गएको समयमा वनमै हिउँ पहिरोले कस्तुरी मरेको भेटाएका थियौ, अन्जानमा जानकारी नपाई कस्तुरीको बिना घरमै राखेको वेला पक्राउ परेको थियो । आफैले गाउँमा पाएको छु भन्ने जानकारी पाएका थिए । पक्राउ परेका भक्तबहादुर बुढालाई विना कसुरमा प्रहरीले पक्राउ गरेको आफन्तको भनाई रहेको छ । प्रहरीले वन्यजन्तु संरक्षण ऐन २०३९ अनुसार कारवाही अगाडि बढ्ने प्रहरीले जनाएको छ ।
नेत्र शाही , कार्तिक १७, २०७६जुम्ला,
१९०४ पटक
- ज्येष्ठ र अपाङ्गता पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धीको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुँदै
- कर्णालीमा ‘औद्योगिक प्रदर्शनी प्रतियोगिता’ भोलिदेखि
- लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिकाः मुख्यमन्त्री कँडेल
- अब हाम्रो अभिभारा जनताको अवस्था बदल्नेः मुख्यमन्त्री
- थेल्स, टेस्ला र नरेश