९ असार २०८३, मंगलबार
सुर्खेतः विश्वव्यापी चुनौति बन्दै गएको जलवायु परिवर्तन, वातावरणीय स्वास्थ्य र यसले पारेको प्रभावबारे सरोकारवालाहरुबीच छलफल भएको छ ।
्
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘वातावरणीय स्वास्थ्य र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली’ विषयक कार्यक्रममा छलफल भएको हो । कार्यक्रममा जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका कार्यालय प्रमुख डा.ईन्दिरा कँडेलले जलवायु परिवर्तन, यसबाट जल तथा मौसममा आएको बदलाव र प्रभाव र विश्वले भोगिरहेको चुनौतिका बारमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
त्यस्तै, पशुविकास निर्देशनालयका निमित्त निर्देशक डा.ऋषभ गुरागाईंले जुनोटिक र यसले मानव जीवनमा पारेको असरका बारेमा र विश्व स्वास्थ्य संगठनमा कर्णाली प्रदेश सुर्खेतमा कार्यरत डा.भोजराज बमले वातावरणीय स्वास्थ्यका बारेमा आफ्नो प्रस्तुति राख्नुभएको थियो ।









