OnlinePana

आज : २०८१ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २६, २०८१ सुर्खेत
२१७ पटक

२५ असार २०८१, मंगलबार

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ मा वार्षिक खर्च प्रगति ६० दशमलव ३४ प्रतिशत गरेको छ । चालु आव.मा प्रदेश सरकारले रु.३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट ल्याएको थियो ।

प्रदेश सरकारद्वारा चालु आव.का लागि विनियोजित कुल बजेटमा रु.२० अर्ब १५ करोड ३९ लाख ७३ हजार एक सय ६२ (६० दशमलव ३४ प्रतिशत) खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका कायममुकायम प्रदेश लेखा नियन्त्रक दीपेन्द्र मगरातीले जानकारी दिनुभयो । जसमा चालुतर्फ रु.नौ अर्ब ४५ करोड ८३ लाख २६ हजार सात सय ९७ (६८ दशमलव ३६) र पूँजीगततर्फ रु.दश अर्ब ६९ करोड ५६ लाख ४६ हजार तीन सय ६५ (५४ दशमलव ६७ प्रतिशत) खर्च भएको उहाँले बताउनुभयो ।

“गत आव.०७९÷०८० मा प्रदेश सरकारले ६७ दशमलव ५३ प्रतिशत वार्षिक खर्च प्रगति गरेको थियो,” उहाँले भन्नुभयो, “चालु आव.मा भने वार्षिक खर्च प्रगति करिब आठ प्रतिशतले घटेको छ । गत आव.मा चालु खर्च ७२ दशमलव ४० प्रतिशत हुँदा चालु आव.मा ६८ दशमलव ३६ प्रतिशत मात्र खर्च गर्न सकेको थियो ।” नियन्त्रक मगरातीका अनुसार गत आव.मा पूँजीगत खर्च प्रगति ६४ दशमलव ३२ प्रतिशत हुँदा चालु आव.मा ५४ दशमलव ६७ प्रतिशत मात्र रहेको छ ।

चालु आर्थिक वर्षमा वार्षिक खर्च प्रतिशत कम हुनुमा रु.१५ लाख मुनिका पूर्वाधार निर्माणका काम नहुनु, कर्णाली समृद्धि आयोजना कार्यान्वयनमा नआउनु, सांसद विकास क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अदालतमा मुद्दा पर्नु र केही हदसम्म कर्णालीमा जनशक्ति अभाव पनि बजेट खर्च कम हुनुको कारण रहेको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्