OnlinePana

आज : २०८३ जेठ २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १४, २०७८काठमाडौं
९८० पटक

१४ पुस २०७८, बुधबार

नेपाल सरकारले पुस १५ गते परेको तमु ल्होसारका लागि भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो । हिजो मात्र नेपाल सरकारलाई तमु ल्होसारको सार्वजनिक विदा हुनुपर्ने माग गरिएको थियो ।

विसं.२०७७ सालको चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा हुने चाडको सूचीमा नभएको र उक्त सूचनामा सम्बन्धित धर्म संस्कृति मान्ने समुदायलाई मात्रै विदा हुने भनी उल्लेख गरेपनि आजको मन्त्रिपरिषद् बैठकले देशैभरका सरकारी कार्यालय तथा सार्वजनिक निकाय विदा हुने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस्