OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ७, २०७८काठमाडौं
७७१ पटक

७ भाद्र २०७८, सोमबार

नेपाल विद्युत् प्राधिकरणको महसुल बक्यौता मात्र ३२ अर्ब १८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/०७७ सम्ममा मात्र यति धेरै वक्यौता बाँकी रहेको शुक्रबार सार्वजनिक महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७८ ले देखाएको छ ।

 

यो अघिल्लो वर्षको तुलनामा ७२.५३ प्रतिशत बढी हो । ट्रक तथा डेडिकेटेड लाइनतर्फको ४९ ग्राहकबाट मात्र १५ अर्ब ५३ करोड ५८ लाख अर्थात यो कुल वक्यौताको ४८.२७ प्रतिशत हो । यसबाहेक सडक ३ अर्ब ५३ करोड ५९ लाख बाँकी छ । प्राधिकरणले विलिङ गरेपछि आम्दानीको रुपमा देखाउने भएकाले ठूलो रकम बक्यौता भएपनि नाफा भने धेरै सार्वजनिक गर्दै आएको छ । महालेखाका अनुसार प्राधिकरणले आर्थिक वर्ष २०७६/०७७ मा ११ अर्ब ६८ करोड रुपैयाँ खुद आम्दानी (नाफा) गरेको छ ।

जुन आव २०७५(०७६ मा ९ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो । प्राधिकरणले असुल गर्नुपर्ने ट्रंक र डेडिकेटेडको महसुलका लागि आव २०७५/०७६ मा ६ अर्ब ३४ करोड रुपैयाँको बिजक अर्थात् बिल जारी नगरेकोमा सो रकममध्ये आव २०७६/०७७ मा २ अर्ब १५ करोडको बिल जारी गरेको छैन ।

आम्दानी, खर्च र नाफाको आधारमा विद्युत् चुहावट लेखांकन गरिने नियमअनुसार महालेखा र प्राधिकरणको वित्तीय विवरण फरक परेकाले चुहावटको अंक पनि मिलेको छैन । महालेखाका अनुसार आव २०७५/०७६ मा १६.६२ प्रतिशत रहेको चुहावट आव २०७६/०७७ मा १५.९९ प्रतिशतमा कायम भएको छ । यो समाचार कारोबार दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्