कोरपाटी संवाददाताभाद्र ६, २०७८काठमाडौं

९२० पटक

६ साउन २०७८, आईतबार
भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले प्रधानमन्त्री देउवासँग भेट गरेको छ । उनले आज नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा चौथाइवालेले प्रधानमन्त्रीमा नियुक्त भएकोमा देउवालाई बधाई दिएका थिए । देउवासँग भाजपा र नेपाली कांग्रेसको सम्बन्ध विस्तारबारे समेत छलफल भएको चौथाइवालेले ट्वीटमार्फत जानकारी दिएका हुन् ।
आइतबारै उनले कांग्रेस नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग पनि भेटघाट गरेका छन् । केही दिन काठमाडौंमा रहँदा उनले अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।