OnlinePana

आज : २०८२ बैशाख २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र ४, २०७८
९५८ पटक

४ भाद्र २०७८, शुक्रबार

महालेखा परीक्षकले आज आर्थिक वर्ष २०७६र०७७ को ५८औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्या देवी भण्डारीलाई बुझाएको छ। महालेखाले राष्ट्रपति भण्डारीलाई बुझाएको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६र०७७ सम्मको बेरुजु रकम रु.खर्ब १८ अर्ब ८५ करोड ५ लाख पुगेको छ।

महालेखा परीक्षकको कार्यालयका सूचना अधिकारी तथा सहायक प्रवक्ता नेत्रप्रसाद पौडेलले आर्थिक वर्ष २०७६र०७७ मा मात्रै रु.एक खर्ब चार अर्ब ३८ करोड ४३ लाख बेरुजु रहेको बताउनुभयो । जस मध्ये संघीय सरकारी कार्यालयहरुको रु.४४ अर्ब ३९ करोड २१ लाख, प्रदेश सरकारी कार्यालयहरुको रु.छ करोड ४९ लाख ९७ हजार र स्थानीय तहको रु.४० करोड ८३ लाख ४७ हजार बेरुजु भएको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार संघ, प्रदेश र स्थानीय तह बाहेक समिति तथा संघ संस्थाअन्तर्गत पनि रु.१२ अर्ब ६५ करोड ७८ लाख बेरुजु छ । त्यसैगरी गत वर्षको मात्रै रु.तीन खर्ब १४ अर्ब ४६ करोड ६२ लाख बेरुजु रकम भएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्