OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २, २०७८जुम्ला
७६६ पटक

२ भाद्र २०७८, बुधबार

कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ ।

गत साउन १२ गते पातारासी गाउँपालिका ३ र ४ जुम्लामा आएको खहरे खोलाको बाढीले भएको जनधनको क्षतिको मन्त्री श्रेष्ठले आज स्थलगत अवलोकन गर्नुभएको छ । उक्त गाउँपालिका ३ को छुमगाउँ र ४ नं.वडाको लुमगाउँमा पुग्नुभएका उहाँले बाढीबाट भएको एकिन क्षतिको मूल्याङ्कन गर्न स्थानीय सरकारलाई सुझाउँदै प्रदेश सरकारले पीडितहरुलाई आवश्यक राहत दिने बताउनुभयो ।

बाढीले २५ पशुचौपाय, एक दर्जन बढी काठेपुल र अन्न पिस्ने स्थानी पानी घट्टका साथै लगाएको अन्नबाली पूर्णरुपमा क्षति पुर्याएको थियो । प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकन गर्नुभएका मन्त्री श्रेष्ठ भन्नुभयो, “पीडितको समस्या सम्बोधनका लागि प्रदेश सरकार मातहत जिल्लामा रहेका कार्यालयहरु, जिल्ला विपद् व्यवस्थापन समिति बैठक बसाल्न तत्काल निर्देशन दिएर राहतको लागि आवश्यक पहल थाल्नेछु ।”

बाढी प्रभावित क्षेत्रको प्राकृतिक प्रकोप, जोखिमको पहिचान गर्ने र रोकथामका लागि गर्नुपर्ने सबै काम गर्न मन्त्रालयले तयारी गरिरहेको उहाँले बताउनुभयो । बाढीबाट यहाँका नागरिकहरुले भोग्नु परेको समस्याका विषयमा कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकमा आवश्यक छलफल गरी राहत सहयोग गर्न लागिपर्ने मन्त्री श्रेष्ठको भनाई थियो ।

पातारासी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दानबहादु विष्टले बाढीले ८२ घरधुरीको १५६ हल जमीन क्षति भएको प्रतिवेदन आफू कहाँ आएको बताउनुभयो । उहाँका अनुसार उक्त बाढीले बगाउँदा छुमगाउँका २५ वर्षीय शर्मिला बुढाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्