OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३२, २०७८काठमाडौं
४०२ पटक

अफगानी सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । उज्वेकिस्तानका रक्षा मन्त्रालयका अनुसार उसको डिफेन्स सिस्टमले अफगानी सैनिक विमान खसालेको हो । उज्वेकिस्तानका अनुसार अफगानी मिलिट्री जहाज सीमा पार गरेर उसको क्षेत्रमा पुगेपछि सो कदम चालिएको हो ।

रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार जेट विमानले उसको वायु क्षेत्रमा अवैध तरिकाले प्रवेशको प्रयास गरेको थियो ।  स्थानीय मिडिया रिपोर्टकाअनुसार सीमा क्षेत्रमा पर्ने सुर्खोन्डारयो प्राप्तमा यो घटना आइतबार राति भएको थियो ।
 सुर्खोन्डारयो प्राप्तका चिकित्सकले एपीएफले बताएअनुसार अफगानी सैनिकको पोसाक लगाएका दुई जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरु प्यारासुट प्रयोग गरेर बाँच्न सफल भएका थिए ।
प्रतिकृया दिनुहोस्