OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३१, २०७८काठमाडौं
४७१ पटक

३१ साउन २०७८ आईतबार

अफगानिस्तानको राष्ट्रपति कार्यालयमा तालिबानले कब्जा गरेको छ । आइतबार अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेसँगै तालिबानले राष्ट्रपति भवनमा कब्जा जनाएको हो ।

बीबीसीको रिपोर्टअनुसार तालिबानले कब्जा गर्नुभन्दा पहिले त्यहाँ काम गर्ने सबै कर्मचारी बाहिरिएका थिए । तर सरकारी अधिकारीबाट भने उक्त कुराको आधिकारिक रिपोर्ट आएको छैन । भवनको अवस्थाको बारेमा केही कुरा बाहिर नआएको बताइएको छ ।

तालिबानी समूहले राजधानी काबुललाई घेरा हालेपछि राष्ट्रपति घानीले देश छाडेर भागेका थिए ।

प्रतिकृया दिनुहोस्