OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३१, २०७८काठमाडौं
९९६ पटक

३१ साउन २०७८ आईतबार

नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गर्न संयोजनार्थ एक समिति निर्माण गरेको छ।

सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा आज एक समिति गठन गरेको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले बताउनुभयो । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उहाँले सो समितिमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, श्रम मन्त्रालय, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी र सिसीएमसीको सहसचिव तहको प्रतिनिधित्व हुनेगरी समिति बनाइएको र समितिले आइतबारदेखि नै काम गर्ने उहाँले जनाउनुभयो ।

‘समितिको उद्देश्य के छ भने कदाचित हामीले कसैलाई हामी आफैले इभाक्वेट गरेर लिएर आउनुपर्‍यो भनेदेखि त्यसको संयोजन गर्ने, त्यसको व्यवस्थापन गर्ने गरेर सबै सरोकारवाला निकायहरुलाई राखेर यो संयन्त्र बनेको हो’ उहाँले भन्नुभयो ।

उहाँका औपचारिक क्षेत्रमा अफगानिस्तानमा करिब एक हजार ५०० नेपाली रहेका छन् । नेपालीहरु अफगानिस्तानको काबुल बाहिर हालसम्म नरहेको रिपोर्ट पाएको उल्लेख गर्दै उहाँले अफगानिस्तानमा औपचारिक क्षेत्रमा आवद्ध रहेका नेपालीहरु स्वयं संस्थाको पहलमा नेपाल आउने सम्भावना रहेको बताउनुभयो ।

सरकारी दूतावास तथा अफगानिस्तानमा रहेका नियोगहरुसँग सम्पर्कमा रहेको जनाउँदै मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउनका लागि सूचना जारी गर्ने, जहाँबाट भएपनि आफ्नो अवस्थाबारे जानकारी गराउनका लागि अनलाइन पोर्टल बनाउने तथा कन्सुरल सेवा विभाग र परराष्ट्र मन्त्रालयमा एकरएक वटा फोनलाई ह्वाट्स एप र भाइबरमा लिंक गरेर सञ्चान गर्ने पनि सचिव पौड्यालले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्