OnlinePana

आज : २०८१ मंसिर ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सीमा बनसाउन २८, २०७८काठमाडौं
९८२ पटक

२८ साउन २०७८ बिहीबार

युवा समग्र जीवनको एउटा यस्तो उमेर अवस्था हो, जुन अवस्थामा व्यक्तिमा साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वास हुन्छ । युवाले यही उमेरमा आफ्नो फरक पहिचान निर्माण गर्न चाहन्छ । समाजमा आफूलाई अब्बल सावित गर्न संघर्षरत हुन्छ । युवा अवस्था मानव जीवनकै सर्र्वािधक ऊर्जाशील समय हो ।

हरेक देशमा युवा नेतृत्वलाई समृद्धि र विकासको आधारका रुपमा व्याख्या गरिएको हुन्छ र हरेक परिर्वतनमा युवा आन्दोलन निर्णायक पनि भएको छ । तर, पनि राज्यको नीति निर्माणदेखि राज्य सञ्चालनसम्म युवाहरुको पहुँच, प्रतिनिधित्व र पहिचानको सवाल निकै कमजोर छ । नेपालको सन्र्दभमा पनि समृद्धि र विकासका लागि सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा युवाहरुको नेतृत्व आवश्यक भएको चर्चा हुने गरेपनि त्यसले सार्थकता पाउन सकेको छैन ।

कुन उमेर समुहलाई युवा भन्ने सन्र्दभमा सबैको एकमत छैन । विश्व श्रमिक संगठनले १५–२९ वर्ष उमेर समूहका मानिसलाई युवा भनेको छ भने विश्व स्वास्थ्य संगठन र युनिसेफले १५–२४ वर्ष उमेर समूहलाई युवा भनेको छ ।

युवाको परिभाषा देशअनुसार फरक–फरक देखिन्छ । सार्क र अन्य देशको तुलनामा नेपालमा राष्ट्रिय युवा नीति २०६६ ले १६–४० वर्ष उमेर समूहलाई युवाका रुपमा परिभाषा गरेको छ, जुन अन्य देशको तुलनामा धेरै हो । तथ्याङ्कहरु हेर्दा भारतमा १५–३५, चीनमा १४–२८, बंगलादेश र फिलिपिन्समा १५–३०, हंगेरीमा १५–२९, जापान र जमैकामा १५–२४ बर्षलाई युवाको रुपमा परिभाषित गरिएको छ ।

सार्क र अन्य देशको तुलनामा नेपालको कुल जनसङ्ख्याको अधिक्तम जनसङ्ख्या युवा उमेर समुहको भए पनि देशको विकास र समृद्धीमा परिचालन गर्न सकिएको छैन । गरिबी र आर्थिक पछौटेपनले गर्दा क्षमतावान युवाहरु युरोप र अमेरिकामा पलायन भइरहेका छन् भने सीप नभएका अशिक्षित युवाहरु ४० डिग्रीको तापक्रममा अत्यन्तै सस्तो मुल्यमा अरुको देश निर्माणमा श्रम गरिरहेका छन् ।

नेपालमा भएका युवाहरु पनि दुब्र्यसन र कुलतमा फसिरहेका छन् । प्रत्येक दिन हजारौंको संख्यामा युवाहरु रोजगारका लागि मुलुकबाट बाहिरिन्छन् भने दैनिकरुपमा कैयौं बन्द बाकसमा फर्किएका छन् । बिडम्बना हाम्रो मुलुक तिनै प्रत्येक दिन बाहिरिने र बन्द बाकसमा भित्रिने सपनाहरुको रेमिट्यान्सले चलिरहेको छ ।

नेपालको शिक्षा देशका लागि योग्य नागरिक बनाउनु भन्दा पनि विदेशका लागि श्रमिक उत्पादन गर्ने कारखाना जस्तो भएको छ । नयाँ पुस्ताले नेपालमा सम्भावना नै देख्न छाडेका छन् । समृद्धिको सपना र उन्नती विदेशी भूमिमा पूरा गर्न परराष्ट्र मन्त्रालयमा राहदानीका लागि लाम लागिरहेका छन् । अहिले कतिपय गाउँ घरमा कसैको मृत्यु हुँदा काजक्रिया गर्ने सन्तानसमेत नभएको अवस्था छ । छोराछोरीको साथको अभावमा अन्तिम श्वास फेरेका बाबुआमा मृत्युपश्चात सन्तानको पर्खाइमा शवगृहमा राखिएका  तीतो सत्य हाम्रा सामु छन् ।

यसो हुनुको कारण उनीहरुले पाएको शैक्षिक प्रमाणपत्र र त्यसमा गरेको लगानी अनी उनीहरुले अपेक्षा गरेको काम र कमाइको सुनिश्चितता नहुनु हो । भनसुन, चाकडी र राम्रा भन्दा पनि हाम्रा हुनेले अवसर पाउने र कथंकदाचित मिलेको रोजगारमा पनि प्रतिभा प्रस्फुटन हुने अवसर नहुने, कदर नहुने र आफ्नो पाखुराको सही मूल्याङ्कन नहुँदा निराशामा विदेशिनु परेको आजको युवाको यथार्थता हो । युवाहरुको धेरै सानो हिस्सामात्र उसको उर्जावान् समय राष्ट्र निर्माणमा लगाइरहेको यथार्थता हामी सबैमा छर्लङ्ग नै छ ।

यो नेपालका लागि सुभ संकेत पटक्कै होइन । देशमै उद्योगधन्दाको विकास गरी युवालाई उद्यमी बनाउने गरी ठोस कार्यक्रम बन्न नसक्नु, बनेका कार्यक्रम प्रभावकारी नहुनु निकै पीडादायिक कुरा हो । राज्यको नेतृत्व गर्ने मान्छेले यो कुरालाई गम्भीररुपमा मनन गर्नुपर्छ ।

नेपालमा २०६८ को जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ४०.३४ प्रतिशत (१६–४० वर्ष) युवा छन् भने १५–२४ उमेर समूहका युवा कुल जनसंख्याको १९.९६ प्रतिशत अथवा ५२ लाख ९० हजार देखिन्छ । कुल जनसंख्याको करिब आधा युवाहरूको संख्या छ ।

जहाँ युवाको संख्या उल्लेख्य छ, त्यसलाई राष्ट्र विकासका लागि राम्रो सूचकांकका रूपमा लिइन्छ । युवा शक्ति राष्ट्रको अमुल्य सम्पत्ति हो । युवा राजनिितक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदुत तथा परिवर्तनका सम्वाहक हुन् ।

युवाको सहभागिता, युवा शक्तिको सकारात्मक प्रयोग र राष्ट्रिय आयमा योगदान दिनका लागि आजको दिनमा असल र सक्षम युवा नेतृत्वको खाँचो छ । संसारमै परीक्षण भइसकेको सत्य नयाँ सोच र सिर्जना भएका युवाहरुले मात्र समृद्ध मुलुकको सपना साकार पार्न सक्छन् भन्ने हो ।

युवा भविष्यमात्र होइन, वर्तमानको हिस्सेदार पनि हो । वर्तमानमा युवाको अस्तित्व स्वीकार गर्न नसक्नु भनेको युवालाई भविश्यको सपना देखाएर सधैं भूमिकाविहीन बनाउनु हो । युवाको क्षमताप्रतिको अविश्वास हो । त्यसैले नेपालमा पनि चाहे त्यो राजनीतिक होस् चाहे कमचारीतन्त्र वा सामाजिक क्षेत्रमा होस्, क्षमतावान र सृजनशील युवालाई नेतृत्व हस्तान्तरण गर्नु जरुरी छ ।

नेपालको सन्दर्भमा कुरा गर्दा बढी भन्दा बढी मात्रामा युवाहरु सधैं भर्याङ्ग भएको मात्र भान भएको छ । नेतृत्वभन्दा निरीह कार्यकर्ता उत्पादन गर्ने मनोविज्ञानले नयाँ पुस्तालाई माथि उक्लन दिएको छैन । बर्षौंदेखि सत्ताको स्वाद चाखिरहेका र राजनीतिलाई आफ्नो पैत्रिक सम्पत्तिजस्तो गरी उपयोग गरेका अनि गालामा चाउरी आउँदासम्म आफैंलाई युवा पिँढीमा राख्ने बानी परेका नेतृत्वले युवा पुस्तालाई यस म्यानका रुपमा आफ्नो तालमा नचाउन चाहेका छन् । उर्जाशील र नयाँ नेतृत्व निर्माणलाई कुनै पनि राजनीतिक पार्टीले एजेन्डा नै बनाउन चाहेका छैनन् ।

राजनीतिलाई सही दिशामा लैजान र देशले आर्थिक समृद्धि पाउनका लागि राजनीतिमा पनि रचनात्मक पाइला चाल्नुपर्छ । र, त्यो समय अनुसारको रचनात्मक पाइला चाल्नका लागि युवाहरु अगाढि बढ्नुपर्छ । युवाहरुले राजनीतिलाई आफ्नो करीयर बनाउनुहँुदैन । राजनीतिलाई आफ्नो करियर बनाएका कारण नै देशमा भ्रष्टाचार र बेथिति बढेको हो । नेपालमा राजनीति आफ्नो र आफ्नाहरुको काम बनाउन र समाजमा प्रतिष्ठित बनी हैकम जमाउने लाइसेन्सजस्तो भएको छ । यसलाई कमाई खाने र जीवन धान्ने बाटो नबनाई समाजसेवा बनाइनुपर्छ  । राजनीति समाज परिवर्तनको आधार बन्नुपर्छ भन्ने अबका युवाले बुझ्नुपर्छ ।

नेपालमा मात्र नभएर संसारभर नै नेपालजस्तै विकासोन्मुख राष्ट्रका युवाहरुको प्रमुख समस्या भनेको राजनीतिकरुपमा युवाहरुलाई क्रान्ति, आन्दोलन र परिर्वतनको अग्रमोर्चामा जोखिम मोल्न लगाउने तर आन्दोलन सफल भएपछि राज्यका निकायमा आउने अवसरमा पहुँच, प्रतिनिधित्व र पहिचान दिन नखोज्ने प्रवृत्ति छ । त्यसैले नेतृत्वको दास भएर बस्ने होइन, संगठितरुपमा नेतृत्वलाई खबरदारी गर्नुपर्छ ।

विकास र समृद्धिका लागि प्रशस्त सम्भावना र स्रोत साधन हुँदाहुँदै पनि हरेक क्षेत्रमा नेतृत्वको कमजोरीले हामी पछि परिरहेका छौं । पेन्सन खाने उमेर भएकाले स–सम्मान बिदा हुने र नयाँ युवा पुस्तालाई नेतृत्व दिने बेला भइसकेको छ । सुगा रटान गरेर मात्र समृद्धि प्राप्त हुँदैन । समृद्ध नेपालको पूर्वशर्त भनेकै नयाँ सोच, उर्जाशील र क्रियाशील नेतृत्व हो ।

पछिल्लो समय नेपाल सरकारले राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ जारी गर्दै युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति र राष्ट्र निर्माणको प्रमुख स्रोत मानेको छ । नेपालको संविधान २०७२ ले पनि हरेक परिर्वतनमा युवाहरुको नेतृत्वदायी भुमिका रहेको उल्लेख गरेको छ । युवाहरुलाई स्वदेशमै उद्यम र रोजगारको बातावरण बनाउने भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रमदेखि युवा स्वरोजगार कोष, युवा किसान कार्यक्रमलगायत धेरै योजना बनेका छन् । तर, प्रभावकारी हुन सकेको छैन । यद्यपि यी प्रयासलाई सकारात्मकरुपमा लिनुपर्छ ।

युवाका यी र यस्तै विषयलाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको १७ डिसेम्वर १९९९ मा सम्पन्न ५४ औं  साधारण सभाले हरेक बर्षको अगष्ट १२ का दिनलाई अन्तराष्ट्रिय युवा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । तत्पश्चात सन २००० देखि संसारभर प्रत्येक बर्ष अगष्ट १२ तारिखका दिन अन्तराष्ट्रिय युवा दिवस मनाउने गरिएको छ ।

नेपालमा भने सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । दिवसलाई औपचारिक कार्यक्रममा मात्रै सीमित नराखी यसको लक्ष्य र उद्देश्यले सार्थकता पाउनु जरुरी छ । हरेक बर्ष अन्तराष्ट्रिय युवा दिवस मनाइरहँदा यसबाट युवा नेतृत्वलाई प्रोत्साहन पुगोस् युवामा थप सकारात्मक उर्जा थपियोस् । शुभकामना सबैमा । जय युवा ।  रातोपाटीबाट

प्रतिकृया दिनुहोस्