OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २६, २०७८काठमाडौं
३९७ पटक

२६ साउन २०७८, मंगलबार

नोबेल कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरको महामारीमा शुरु भएको ‘अक्सिजन सिलिण्डर लागि मेरो एक हजार अभियान’अन्तरगत रु.१२ संकलन भएको विवरण सार्वजनिक गरिएको छ ।

दोस्रो लहरको कोरोना महामारीको संकट बढ्दै जाँदा शुरु भएको अभियानअन्तरगत कोभिड–१९ सेल्फहेल्प समूह सुर्खेतले आज रु.१२ लाख ६१ हजार २३५ संकलन भएको विवरण सार्वजनिक गरेको हो । देशैभरि तीव्र गतिमा फैलिएको कोरोनाले तत्कालीन समयमा प्रदेशका सबैजसो अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएपछि नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सुदीप पुरीको संयोजकत्वमा पाँच जना युवा सम्मिलित समूहले सो अभियान थालेको थियो ।

अभियानअन्तरगत सुदिप पुरीको खातामा रु.तीन लाख ९४ हजार ४९५, मिलन श्रेष्ठको खातामा रु.पाँच लाख ४६ हजार ९५१, धर्मराज आचार्यको खातामा रु.७७ हजार ८२२ र उक्त टोलीले शुरुआत गरेको सनराईज बैंकको खातामा रु.दुई लाख ४२ हजार १६७ जम्मा भएको संयोजक पुरीले जानकारी दिनुभयो ।

संकलित रकम मध्ये कर्णाली प्रदेश अस्पतालमा आठ दिनसम्म दैनिक रु.१०० का दरले १५० जना बिरामी कुरुवा र स्वास्थ्यकर्मीलाई रु.एक लाख २० हजारको पोषिलो खाजा वितरण गरिएको, अक्सिजन सिलिण्डर रिफिल खर्च रु.७६ हजार ८४२, सिलिण्डर खरीद एक थान २५ हजार, अक्सिमिटर तथा सेनीटाईजर खरीद ४५ हजार ६००, छ वटा शव व्यवस्थापन सहयोग खर्च ३० हजार र एम्बुलेन्स सञ्चालन खर्च ५५ हजार ७०० भएको संयोजक पुरीले बताउनुभयो ।

उक्त समुहले किनेको एक थान सिलिन्डर र १० थान अक्सोमिटर बचेको भन्दै कोरोना पुनः जोखिम बढेकाले सहयोग स्वरुप वितरण गरिने उहाँले जनाउनुभयो । कुल संकलित रकम मध्ये रु.तीन लाख ५५ हजार ३४२ खर्च भएको तथा रु.आठ लाख ८४ हजार ४१८ समूहको खातामा जम्मा भएकोले त्यसबाट एम्बुलेन्स किन्ने तयारी गरिएको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्