OnlinePana

आज : २०८० जेठ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २४, २०७८काठमाडौं
७५९ पटक

२४ साउन २०७८, आईतबार

‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जित्नुभएको छ । उपाधिसँगै उहाँले नगद रु.२५ लाखसमेत प्राप्त गर्नुभएको छ । टीम प्रमोदबाट किरण फाइनलमा प्रवेश गर्नुभएको थियो ।

टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट बने । यी तीनैजना फाइनलिस्टले द भ्वाइसको ट्रफी हातामा पारेका छन्। यो गएको एक हप्तासम्म दर्शकले गरेको भोटका आधारमा किरण विजेता बन्नुभएको हो। अनलाइन तथा एसएमएसमार्फत संसारभर रहेका नेपालीहरुले उनीहरुलाई आफ्नो भोट दिएका थिए । शनिवारको ग्राण्ढ फिनाले एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।

विजेताको उपाधि हात पानुभएका गजमेरले आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई मञ्चबाट धन्यवाद दिनुभयो । ‘म यो मायाको लागि सधैं नै ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ’, उहाँले भन्नुभयो ।

यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बुले यो उपाधि जितेका थिए । टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल जितेका छन् । कोरोनाले केही प्रभाव पारेपनि यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रसारण हुँदै आएको र विश्वभरिका दर्शकहरुको ध्यान तान्न सफल भएको थियो ।

 

प्रतिकृया दिनुहोस्