OnlinePana

आज : २०८३ जेठ २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बिनोद रोकाया,जेठ २७, २०८३जुम्ला,
२७ पटक

जुम्ला/ जेठ २६ गते । म विहान १० बजे सोसेक नेपालको तालिमहलमा प्रवेश गर्दै थिए । निलो स्विटर, निलो सट लगाएकी युनिका महतारा आफुले लेख्न थालेको कथा पढ्दै थिईन । सोही हलमा पहेलो ज्याकेट लगाएका किशोर रोकाया पनि कथा लेखनमा व्यस्त थिए ।

हलमा उपस्थित मेरा सवै साथीहरु आ आफ्नो कथा लेखन काममा व्यस्त थिए । समय समयमा त्यसको अवलोकन प्रशिक्षक तथा पत्रकार नेत्रबहादुर शाहीले गरिरहनु भएको थियो ।

सोसेक नेपालले विहानी परियोजना अन्तरगत जुम्लामा संचालन गरेको बालपत्रकारिता तालिमका सहभागी बालबालिकाहरु कथा लेखन शिप सिक्न थालेका छन् । उनिहरुले तालिममा सिकेको आधारमा कथा लेख्न शुरु गरेका हुन् । जुम्लाको चन्दननाथ नगरपालिका अन्तरगत रहेका विद्यालयबाट सहभागी ति विद्यार्थीहरु आफुहरु समाचार लेखन शिप सिकेको देख्दा अच्चम लागेको बताउछन् ।

उनिहरुले तालिममा सिकेका कुरालाई सवाल पहिचान गरि कसरी अगाडि बढाउने भन्ने बिषयलाई जोड दिदै अगाडि बढेका हु्न ।
आफुले कस्ता बिषय समाचार र कस्ता बिषय कथा हुन्छन भन्नेमा पहिलो पटक जानकारी पाएको सहभागि प्रशिक्षार्थी सुजाता गिरीले जानकारी दिनुभयो । उहाँले आफुले पनि कथा लेख्न पहिलो पटक सिकेकोमा खुशी व्यक्त गर्नुभयो ।

तालिम दिईरहेका प्रशिक्षक तथा नेपाल पत्रकार महासंघ जुम्लाका पुर्वध्यक्ष नेत्रबहादुर शाहीले बालबालिकालाई पाँच दिने तालिम फलदायी हुने आशा गरेको बताउनु भयो । उहाँले पाँचौ दिनमा वालवालिक कथा लेख्न शुरु गरेका छन् । उनिहरुलाई अझ यस्ता तालिम पुर्नताजगी गर्न आवश्यक रहेको छ । पहिलो तालिममै चरणमै केही सिक्न प्रयास गर्ने, जिज्ञासा गर्ने र कथा लेखनको प्रयास राम्रो छ । उनिहरुले स्थानीय संचारमाध्यामको समेत अवलोकन गरेका छन् । प्रशिक्षक शाहीले तालिमको अन्त्यमा पाँच जनाले एक एक वटा कथा तयार गरेको बताउनुभयो ।
सोसेक नेपालका कर्मचारी सुस्मिता महतले बालबालिकाले यो कुरामा निकै चासोका साथ सिकाई गरेको बताउनुभयो । उहाँले बालबालिकालाई कथा लेखनका लागि प्रयास गरेको बताउनुभयो । उहाँले सोसेक नेपालले तिन बर्ष देखी यस्ता प्रकारका तालिम दिईरहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्