सुर्खेत, १७ पुस ः कर्णाली प्रदेश सरकारले गत महिनामा नेपालमा सम्पन्न भएको दक्षिण एशियाली खेलकुद प्रतियोगितामा उस्सु खेलमा स्वर्ण पदक जित्ने सुर्खेतका दीपक हमाललाई पुरस्कृत गरेको छ ।
कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बुधबार राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा शाहीसहित छ जना पुरस्कृत भएका हुन् । स्वर्ण पदक विजेता हमाललाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रु.तीन लाखसहित प्रमाणपत्र प्रदान गर्नुभयो ।
त्यस्तै, साग खेलमा म्याराथुनमा रजत पदक जित्ने सल्यानका पुष्पा भण्डारी, महिला भलिबलमा रजत पदक प्राप्त सुर्खेतका गीता राणा र ह्याण्ड बलमा रजत पदक विजेता रुकुमपश्चिमका शारदा विकलाई जनही रु.दुई÷दुई लाख नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । सोही प्रतियोगितामा पुरुष खो–खो खेलमा कास्य पदक जित्ने सुर्खेतका टेकबहादुर सार्की र बक्सिङ्मा कास्य पदक विजेता दैलखका चन्द्रकला थापालाई समेत प्रदेश सरकारले जनही रु.एक÷एक लाख नगदसहित प्रमाणपत्र प्रदान गरेको हो ।
‘यसपाली, घुमौ कर्णाली’ नारा भएको लोगोको डिजाईनर सुर्खेत निवासी गणेशप्रसाद आचार्यलाई सरकारले रु.४० हजार नगदसहित प्रमाणपत्रले पुरस्कृत गरेको छ । पर्यटनसँग सम्बन्धित छुट्टै लोगो निर्माणका गरेको खुला प्रतियोगितामा १३ जनाले भाग लिएका थिए ।
‘यसपाली, घुमौ कर्णाली’सहितको उक्त लोगो कर्णाली सरकारका मुख्यमन्त्री शाहीले बुधबारको शुभारम्भ कार्यक्रममा सार्वजनिक गर्नुभएको छ । नेपाल पाराओलम्पिक कमिटि सुर्खेतलाई रु.२० हजार नगद प्रदान गर्नुका साथै नियमितरुपमा कर्णाली प्रदेश सेवा दिएवापत बुद्ध एयरलायन्स सुर्खेतका स्टेशन प्रबन्धक नरबहादुर बस्नेतलाई पनि सम्मान गरेको छ ।
‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा सुर्खेतको गढीदेखि कार्यक्रमस्थल बुलबुलेसम्म प्याराग्लाईडिङमा सहयोग गर्ने ‘द बाबु एडभेन्चर्स ईन्टरनेश्नल स्कूल प्रालि’का सञ्चालक सानोबाबु सुनुवारको टोली र भ्रमण वर्षमा कर्णालीमा आउने युरोपियन मुलुकसहित छिमेकी देश भारतबाट कर्णाली पुगेका पर्यटकहरुलाई प्रदेश सरकारले सम्मान गरेको थियो ।
कोरपाटी संवाददातापौष १७, २०७६ सुर्खेत
१०९७ पटक
- अस्थायी कर्मचारी संगठनका अध्यक्ष, शक्तिको आडमा १७ वर्षदेखि एउटै कार्यालयमा
- कार्तिक ५ गते माओवादी अध्यक्ष प्रचण्ड कनकासुन्दरी आउने
- हिमाको ओदीमा रु दुईलाख राशीको भलिवल प्रतियोगिता
- प्रभावकारी सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन वनमन्त्री अधिकारीको निर्देशन
- जुम्ला राजासिममा घोडादौड प्रतियोगिता : तपेन्द्र रावल प्रथम
- जिल्ला प्रहरी कार्यालयद्धारा नागरिक सुनुवाई तथा शुभकामना आदान प्रदान
- खत्याड गाउँपालिकामा १० जना गाउँपालिका प्रहरी दिक्षित
- चन्दननाथ नगरपालिकामा बिपतमा खट्ने स्वयंसेवक व्यूरो गठन
- जुम्लामा ३४ औ ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाईयो
- खेल क्षेत्रले भावनात्मक एकता बढाएको छः मन्त्री भण्डारी