OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,साउन १८, २०७८जुम्ला,
७५१ पटक

नेत्र शाही जुम्ला,
२०७८साउन १८ गते । जुम्ला राष्ट्रिय प्रसारणलाईनमा जडान भएपछि जुम्ली जनातामा खुशीयाली छाएको छ । तर जडान भएकै दिन कालिकोटको ताडी देखी पिली खण्डमा मौसमका कारण लाईन टुटेपछि बत्ति निरन्तर हुन सकेको छैन ।

पिलिमा मर्मत भईरहेको छ, खराब मौसमले तार टुटने समस्या भईरहेको नेपाल विधुत प्राधिकरणले जानकारी दिएको छ । जुम्ला खण्ड पुरै राम्रो भएको र कालिकोट ताडि देखी पिलिसम्म भईरहेको समस्या हिजैदेखी अथक प्रयास गर्दा पनि ढिलाई भईरहेको प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेले जानकारी दिनुभयो ।

समाचारहरुमा जुम्ला राष्ट्रिय प्रसारण लाईनमा जडान भयो भन्ने खबर भएपछि उत्साहित भएका उपभोक्ताहरु लाईन टुटेपछि चौतर्फी सूझावहरु आईरहेका छन् । विशेषगरी सामाजिक सञ्जाल र टेलिफोनहरुमा सूझावहरु आई रहेका छन् । तर प्राधिकरणले मौसम खराबले पोलहरुमा समस्या र अन्य समस्या आएकाले मर्मत भईरहेको प्राधिकरणले जनाएको छ । कालिकोटको ताडि देखी पिलिखण्डमा हिजैदेखी कर्मचारी फिल्डमा भएपनि जडान ढिलाई भईरहेको बताईएको छ ।

यसैगरी प्राधिकरण जुम्लाका प्रमुख पाण्डेले विधुत चौतर्फी सामाजिक सञ्जालमा जडान भयो तर बत्ति किन आएन भन्ने प्रश्नका लागि धैर्य गर्न अनुरोध गर्नुभयो । जडान निश्चत भईसकेकोछ, हिजो रातीपनि एक पटक पुरै बत्ति आएको थियो तर फेरी समस्या देखिएको जानकारी गरिएको छ । यस अघि आईतवार राष्ट्रिय प्रसारण लाईन जडान भएको थियो ।

ग्रिडलाईनमा किन जान्छ बत्ति ?

यसैगरी प्राधिकरणले आफ्नो समाजिक संञ्जालमा राष्ट्रिय ग्रिड लाईनको बत्ति जाने कारणहरुको बिषयमा सूचना जारी गरेको छ । सिस्टम ट्रिप फेल भएमा, प्रसारण लाईनमा समस्या आएमा वा मर्मत सम्मभार भएमा, ग्रिड स्टेशनहरुमा मर्मत सम्भार वा अपग्रेड गर्नुपरेमा, वितरण लाईन र ट्रान्सफर्मर आदीमा समस्या आएमा लाईन बत्ति जान सक्ने सूचना जारी गरेको छ ।

अर्को लामो दुरी भएका कारण विभिन्न स्थानमा समस्या देखिरहने र मर्मत गरिरहनुपर्ने प्राधिकरणको भनाई छ । तर प्रसारण लाईन जोडिएपछि पहिलाको जस्ता समस्या नहुने प्राधिकरणको दावी छ ।

प्रतिकृया दिनुहोस्