OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १७, २०७८काठमाडौं
६४८ पटक

२०७८ साउन १७,
जुम्लाको चन्दननाथ नगरपालिकामा मेयर कान्तिका सेजुवालले नगरपालिकाको निति कार्यक्रम र बजेट बहुमतले पारित भएको जानकारी दिनुभएको छ । उहाँले आईतवार जिल्लामा पत्रकार भेटघाट गरेर बजेट पारित भएको जानकारी दिनु भएको हो ।

दुई दिन अघि उपमेयर अप्सरादेवी न्यौपानेले मेयर सेजुवालले नगरपालिकामा मनोमानी ढंगले अगाडि बढ्ने र बजेट समेत पारित हुन नसकेको भन्दै पत्रकार भेटघाट गर्नुभएको थियो । अईतवार भने मेयर सेजुवालले २०७८ साल असार ३१ गते बहुमत नगरसभासदस्यको हस्ताक्षरमा बजेट ल्याईएको बताउनुभयो । मेयर सेजुवालले कानूनले विवाद भएमा बहुमत र नभएपनि एक चौथाईसभाका सदस्यले बजेट ल्याउन पाउने दावी गर्दै बजेट आएको बताउनुभयो । उहाँले केही साथीहरु भने सभामा सहभागि नभएको उहाँको जिकिर छ । असार ३१ बजेट ल्याउदा दस्तखत गर्ने सभासदस्यहरुको नाम प्रबक्ता अर्जुनसिंह कठायतले पढेर सुनाउनु भएको थियो । तर पत्रकारलाई फोटो भने खिच्न दिईएको छैन् ।

मेयर सेजुवालमाथी तेर्सिएका प्रश्न मध्य नगरसभा भन्दा बाहिरका योजना प्रवेश, सार्वजनिक सुनुवाई र नतिगत सवालका बिषयमा योजना बाहिरबाट प्रवेश नगरिएको र सार्वजनिक सुनुवाई कर्मचारीको जिम्मा रहेको मेयरको सेजुवालले दावी गर्नुभयो । सार्वजनिक सुनुवाई वारे निमित्त प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले कार्यालय प्रमुखको गैरजिम्मेवारीले समस्या भएको बताउनुभयो । उहाँले असार २२ गते प्रशासकीय अधिकृत तिर्थराज पौडेलले काममा हात झिक्नु समस्या भएको, पौडेल आएपछि सार्वजनिक सुनुवाई हुने बताउनुभयो ।

मेयर सेजुवालले केही संचार माध्याममले आफुलाई व्यक्तिगत रिसिका समाचार ल्याएकाले पूर्वाग्रही नहुन अनुरोध गर्नुभयो ।
पत्रकारहरुले काठमाण्डौमा बसेका आफन्त कर्मचारीलाई तलब खुवाईएको बिषयमा के हो भन्ने प्रश्नको उत्तर दिन चाहनु भएन तर यसको उत्तर स्वास्थ्य शाखाले दिनुपर्ने भनेपछि स्वास्थ्य प्रमुख पृथ्वीनाथ योगीले काम नगर्नेलाई तलब पनि दिईन्न र नदिएको दावी गर्नुभयो । तर राधिका मल्लको बिषयमा केही कर्मचारी बिरामी भए भने पठाउनु पर्नेमा जोड दिनुभयो । मेयर आएरपनि उहाँ आउनु भएन नि ? भन्ने प्रश्नमा कोभिड र गाडिको समस्या भएको बताउनुभयो ।

नगरपालिकाका वडा नम्बर ५ का अध्यक्ष तथा प्रवक्ता अर्जुनसिंह कठायतले मेयर उपमेयर भन्दा निति कानून माथी भएको हुदा उपमेयरले पनि अनुगमनमा विभेद गर्दै आउनु भएको बताउनुभयो । उहाँले मेयर र उपमेयर कार्यक्रम राख्नुनै वडाध्यक्ष तथा सभाका सदस्यहरुको भुल भएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बजेट पास भएको हो भने बजेट सार्वजनिक गर्न र उपमेयर सहितका सभासदस्यले विशेषनगरसभाको माग गरेकाले के हुन्छ भनेर जिज्ञासा गर्नुभएको थियो । उहाँले पत्रकारहरुका फोन उठाउन तथा सूचना प्रभावकारी बनाउन सूझाव दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्