OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई ,साउन १७, २०७८जुम्ला,
११८७ पटक

२०७८ साउन १७ गते ।

अनेरास्ववियू क्रान्तिकारीको प्रथम बिस्तारित वैठक सम्पन्न भएको छ । वैठकले जिल्ला भेला २०७८ साल भदौ ३ गते तोक्ने जानकारी गरेको हो ।
सिञ्जाको नराकोटमा गरिने भेलाका लागि मिनराज आचार्यको संयोजकत्वमा ३१ सदस्यीय तदर्थ समिति गठन गरिएको अखिल क्रान्तिकारी जुम्लाले जानकारी दिएको छ ।

अखिल क्रान्तिले जिल्लामा आयोजना गरेर भदौ ३ गते हुने भेलाको बिषयमा जानकारी गरेको छ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय करेसावारीमा आयोजना गरिएको पत्रकार भेटघाटमा तदर्थ समिति संयोजक मिनराज आचार्य सहित, स्थानीय तहको ईन्जार्च र संयोजक तोकेर जिल्ला सम्मेलन आयोजक कमिटि बनाईएको जानकारी गरिएको हो ।

यसैगरी आयोजक समितिले गाउँ नगर सम्मेलन साउन मसान्त सम्म सम्पन्न गर्ने भएको तदर्थ समिति संयोजक मिनराज आचार्यले जानकारी दिनुभयो । यसैगरी वैठकले स्थानीय तहका विभागहरु तोक्ने र गाउँ नगर समितिका संयोजक तथा ईन्चार्ज तोकेको छ । केही तहमा भने केही दिनमा नेतृत्व तोक्ने अखिल क्रान्तिकारीले जानकारी दिएको छ । यसैगरी जुम्लाका २ वटा क्याम्पस र कर्णाली प्राविधिक शिक्षालयमा समेत नेतृत्व चयन हुनेछ ।

अखिल क्रान्तिकारीले अव मुलुकमा देखिएका शैक्षिक समस्याहरु सामाधान गर्न आन्दोलित हुने बताएको छ । जिल्ला ईन्चार्ज रमेश शाहीले शिक्षामा ४० प्रतिशत बजेटको माग, दुई किसिमको विभेदकारी शिक्षा निति अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले सरकारले १२ कक्षा सम्म निशुल्क शिक्षा भनेपनि नितिगत भ्रष्ट्र«चार बढेकोले विद्यार्थीहरु सचेत हुने बताउनुभयो ।

प्रथम बिस्तारित वैठकको प्रमुख आथित्यता अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश ईन्चार्ज अमरजंग शाही र विशेष अतिथि नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य गोमा कुँवर, प्रदेश कमिटि सदस्य पूर्ण प्रसाद धितालको उपस्थति रहेको थियो । अखिल क्रान्तिकारीले ३ गते हुने जिल्ला सम्मेलनको तयारीका लागि आर्थिक, प्रचारप्रसार र स्वयंसेवक विभाग गठन गरिएको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्