OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही साउन ५, २०७८जुम्ला,
७८१ पटक

साउन ५ गते । विश्वविद्यालयको समस्या सामाधान गर्नका लागि ढोका खुला भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डाक्टर नन्दसिंहले जानकारी दिनुभएको छ ।
विश्व विद्यालयले आयोजना गरेको भर्चुअल पत्रकार भेटघाटमा उहाँले विद्यार्थी र प्राध्यापकका मागहरु सम्वोधन गर्न एउटा टोलीनै गठन गरेर वार्ताका लागि तयारी गरिएको जानकारी दिनुभयो ।
उहाँले विद्यार्थीका मागहरु विश्वविद्यालयले गर्न सकिने पुरा गरिने र कानूनले रोक्ने बिषय कानूनी तवरबाट सामाधान गर्न सकिनेगरी टुंग्याईनेमा दुईमत नभएकोमा जोड दिनुभयो ।

उहाँले विश्वविद्यालयका तीन अंग विद्यार्थी, प्रध्यापक र प्रशासन समन्वय र सहकार्य विना समृद्धि नहुने भन्दै विद्यार्थीका विश्वविद्यालयकाले पुरागर्नुपर्ने मागहरुका लागि प्रथामिकता दिने बताउनुभयो । उहाँले बाहिर विश्व विद्यालयले वाता गर्न चाहदैन भन्ने हल्ला सही नभएको भन्दै जसका लागि तीन सदस्य उच्च स्तरीय समस्या सामाधान समिति समेत गठन गरिएको जानकारी दिनुभयो । उपकुलपति डाक्टर सिंहले प्राध्यापक डाक्टर दिलबहादुर रावल, प्रध्यापक डा. सिपि रिजाल र विरबहादुर पौडेल सहितको टिम वार्ताका लागि तयार भएकाले विद्यार्थीले वार्तामा वसेर समस्या सामाधान गर्न अनुरोध गर्नुभयो । उहाँले उच्च स्तरीय समिति १० औ सिनेटमा निर्णय समेत गरेर विश्व विद्यालयका समस्या समाधान गर्न जिम्मा दिईएकोमा जोड दिनुभयो । पत्रकार सम्मेलनमा रजिष्ट्रार नारायण प्रसाद सुवेदी पनि सहभागी हुनुहुन्थ्यो ।

विद्यार्थीको आन्दोलन चर्किदै :
यता विद्यार्थी संगठनहरु पनि आन्दोलनमा उत्रिएका छन् । उनिहरुले साउन ३ गते १८ वुद्धे माग पुरा गर्न ज्ञापन पत्र दिनुका साथै चरणवद्ध आन्दोलन गर्दै आएका छन् । नेपाल विद्यार्थी, संघ, अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघ, अनेरास्ववियू (माधव नेपाल निकट) र अखिल छैटौ सहितका विद्यार्थी मोर्चाले चरणवद्ध आन्दोलन शुरु गरिएको अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सदस्य तथा सहईन्चार्ज तिर्सना हमालले जानकारी दिनुभयो । उहाँले माग पुरा नभए कडा भन्दा कडा आन्दोलनमा विद्यार्थी उत्रिने समेत बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र सहितका कार्यक्रमहरु गरिएको बताउनुभयो ।

के छन् विद्याथीका माग ?
पिसिआर र डवल डोज खोप विनै लिदै गरिएको परीक्षा विश्व विद्यालयको वैकल्पिक कार्यविधबाट गरिनुपर्ने, विद्यार्थीलाई २० प्रतिशत छात्रबृत्ति कायम गरिनुपर्ने, छात्रबृद्धि विद्यार्थीलाई तत्काल प्रधान गरिनुपर्ने, स्ववियू निर्वाचन मिति तत्काल सार्वजनिक गरिनुपर्ने, दिक्षान्त समारोह तत्काल हुनुपर्ने, हाईड्रोपावर ईन्जिनियरिङ ईन्जिनियर काउन्सिलमा दर्ता हुनुपर्ने मागहरु गरेका छन् ।
कोभिड अवधिको शुल्क छुट हुनुपर्ने, पाठ्यक्रम अनुसारको ईलाइब्रैरी स्थापना गर्नुपर्ने, कोभिडमा प्राक्टिकलहरुवैकल्पिक व्यवस्थापन गर्दै छुटेका प्रयोगात्मक कक्षाहरु संचालन गर्नुपर्ने, समेष्टारको अवधि सकिएपछि परीक्षा विनै सेमेष्टार अभिबृद्धि गरिनुपर्ने, रोकिएका सवै परीक्षाहरु तत्काल संचालन गरिनुपर्ने, विद्यार्थीका शैक्षिक माग सहित आन्दोलित विद्यार्थीको परीक्षा रोकिने गरि गरिएको कारवाही फुकुवा गरिनुपर्ने सहितका १८ वुद्धे मागहरु रहेको छन् ।

 

प्रतिकृया दिनुहोस्