OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई ,आषाढ २६, २०७८ कालिकाखेतु जुम्ला
८३० पटक

२०७८ असार २६ गते,

जुम्लाको हिमा गाउँपालिका ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र ४ बर्ष देखि डक्टर विहिन छ । डक्टर नहुँदा सेवाप्रवाहमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुले जनाएको छ । डा. नहुँदा बिरामीले चिकित्सकीय सेवा पाउन सकेका छैनन ।

चार बर्ष देखि मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेको प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज गोविन्द भण्डारीले जानकारी दिनुभयो । २०७५ जेठ महिनाबाट डाक्टर रत्नविर सुनार अध्ययन विदामा गएदेखि दरबन्दी रिक्त छ । दरबन्दी अनुसारको डाक्टर नहुँदा समस्या भइरहेको स्थानीय बताउँछन ।

इन्चार्ज भण्डारीले भन्नुभयो,‘सुचिकृत डाक्टर नहुँदा आधिकारीक रुपमा चुनौती देखिन्छ । डाक्टरले दिने चिकित्सकीय सेवामा समस्या भएको छ ।’ स्वास्थ्य केन्द्रमा औषधी प्राप्त मात्रामा छ । आकस्मिक सेवा पनि २४ सै घण्टा प्रवाह हुने गरेका छन । स्वास्थ्य केन्द्रको उन्नति र प्रगतिको लागि सबै कर्मचारीको साथ सहयोग छ ।

हिमा गाउँपालिकाको सहयोगमा कोर न्यूज प्रालीले गरेको सामाजिक परीक्षण कार्यक्रममा डाक्टर विहिन सहित विभिन्न सवालहरु आएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रको नाममा जग्गा आधा मात्रै छ । जग्गा प्राप्ति पनि चुनौति बनेको छ । जग्गा रजिस्ट्रेसन गर्न सबैको साथ,सहयोग र सहकार्य चाहिने स्वास्थ्यकर्मी बताउँछन । स्वास्थ्य केन्द्रमा घेराबार छैन । बिरामी बोक्ने एम्बुलेन्स समेत छैन । भएको एम्बुलेन्स दुई बर्ष देखि बिग्रेर थन्किएको छ । गाउँपालिकाले एम्बुलेन्स बनाउने तदारुकता देखाएको छैन । स्वास्थ्यकेन्द्रमा उपचार हुन नसकेका बिरामी अस्पताल रेफर गर्दा लैजान ल्याउन समस्या भइरहेकोछ ।
१० वाटको सोलार जडान भएको छ । ग्रिट अमेरिका नामक कम्पनीको आर्थिक सहयोगमा घाम पावर कम्पनीको प्राविधिक सहयोगमा सोलार सेवा उपलब्ध भएको छ । ७५ प्रतिशत ग्रिट अमेरिका कम्पनीको सहयोग रहेको छ । २५ प्रतिशत हिमा गाउँपालिको लगानी छ ।

स्वास्थ्य केन्द्रमा ल्याव असिस्टेन्ट खाली छ । दिपक माझी चैत २९ गते सरुवा भएर गएपछि ल्याव सेवा पुर्णरुपमा बन्द भएको अहेव जयकृष्ण बडुवालले जनाउनुभयो । स्वास्थ्य केन्द्रमा १ बर्षअघि बाट शुरु भएको एक्सरे सेवा ठप्प छ । स्वास्थ्य बीमाले एक्सरे मेसिन उपलब्ध गराएको थियो । तालिम प्राप्त कर्मचारी नहुनाले एक्सरे चलाउन नसकिएको इन्चार्ज भण्डारी बताउँछन ।

स्थानीयले चिकित्सकीय सेवा तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन । उनीहरुले डक्टर आउन नसकेको खण्डमा गाउँपालिकाले तत्काल व्यवस्थापन गर्नुपर्ने माग राखेका हुन । हिमा ५ का वडाध्यक्ष नन्दबहादुर रावतले मेडिकल अधिकृत नआएको खण्डमा साउन महिना देखि गाउँपालिकाले व्यवस्थापन गनजानकारी दिनुभयो ।

सिनियर अनमी मेनुका देवकोटाले दुई बर्ष देखि सुरक्षित गर्भपतन सेवा प्रवाह नभएको बताइन । गर्भपतन केस आएपछि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गर्ने गरेको देवकोटा बताउँछिन् । आर्थिक अवस्था कमजोर भएकाहरुले मेडिकलबाट महंगोमा गर्भपतन गर्ने गरेका छन । तालिम नलिएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराए ज्यानै जोखिम हुने गरेको जानकारी गराईन । अनमी देवकोटाका अनुसार स्वास्थ्य संस्थामा एउटा भिडियो एक्सरे मेसिन अनिवार्य हुनुपर्ने देखिन्छ ।

अघिल्लो बर्ष ८४ जना सुत्केरीले स्वास्थ्य संस्थाबाट सेवा लिएका थिए । यो बर्ष ७८ जना आमाहरुले सेवा पाएको उनले जानकारी दिईएको छ । एक दिनमा १५ देखि २५ जनाको हाराहारीमा बिरामी सेवा लिन आउँछन । सबैभन्दा बढी झाडापखाला, सामान्य रुघाखोकीका बिरामी रहेका छन । अहिले प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा ११ जना कर्मचारी रहेका छन् ।

गाउँपालिकामा दरवन्दीका डाक्टर अध्ययनमा गएपछि अर्को डाक्टर पठाउन गाउँपालिकाले हारगुहार गरेपनि सुनुवाई भएको छैन् । गाउँपालिका अध्यक्ष रजवहादुर शाहीले पटक पटक जिल्ला प्रशासन र विपत व्यवस्थापन समितिलाई समेत पत्रचार गरेपनि डाक्टर प्राथमिक स्वास्थ्यकैन्द्रमा नाजनु दुभाग्य भएको छ । स्वास्थ्य संयोजक रतनबहादुर रावत पहल गर्दे हैरान भएपनि सुनुवाई नभएको बताउनु हुन्छ ।

प्रतिकृया दिनुहोस्