OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १९, २०७८सुर्खेत
४८४ पटक

१९ असार २०७८, शनिबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला अदालत सुर्खेतले विसं.२०६८ भदौं २८ गते ज्यान मार्ने उद्योगको मुद्दामा पाँच वर्ष कैदको फैसला सुनाईएका दुल्लु नगरपालिका ६ दैलेख छिउडीपुसाकोटका ३४ वर्षीय प्रदीप खड्कालाई प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार वीरेन्द्रनगर बजारबाट पक्राउ गरी एन्टिजेन परीक्षणपश्चात् सुर्खेत जिल्ला अदालतमा बुझाईएको जिप्रका सुर्खेत प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।

त्यस्तै जिल्ला अदालत सुर्खेतको विसं. २०७६ पुस २ गतेको फैसलाले नौ वर्ष दुई महिना १३ दिन कैदसहित रु.२५ हजार जरिवानाको फैसला गरिएका मानब बेचबिखन ओसारपसार मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका २ सुर्खेतका ४० वर्षीय भीमप्रसाद न्यौपानेलाई पक्राउ गरी अदालतमा बुझाईएको प्रहरी उपरीक्षक विष्टले बताउनुभयो ।

त्यसैगरी, चेक अनादर मुद्दामा अदालतले विसं.२०७७ असार १० गते रु.४२ हजार ५०० जरिवाना हुने गरी फैसला सुनाईएका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत कालागाउँका ४६ वर्षीय धर्मराज गिरी र जिल्ला अदालत सुर्खेकोे विसं.२०७७ पुस २० गतेको फैसला आदेशले पाँच महिना १५ दिन कैद सजाय तोकिएका लागुऔषध ब्राउन सुगर मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत भैरवस्थानका २० वर्षीय प्रनित गुरुङलाई समेत पक्राउ गरी अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत गाग्रेतालमा विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २८ वर्षीय नविन तिवारीलाई पनि पक्राउ गरेको छ । शंकाष्पद अवस्थामा फेला पारी उनको शरीर तलासी गर्दा हातको मुठ्ठी भित्र लुकाई छिपाई राखेको तीन पुडिया लागू औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ फेला पारिएको थियो ।

त्यस्तै, प्रहरीले तत्काल कोठासमेत खानतलासी गर्दा बेडको सिरानीमुनि तीन पुडिया लागू औषध (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ फेला पारी नापतौल गर्दा पलास्टिकसहित ३२० मिलिग्राम, पलास्टिक बाहेक १९० मिलिग्राम लागू औषध (ब्राउन सुगर ) जस्तो देखिने धुलो पदार्थ र उनको साथबाट नेपाली रु.सात हजार ३० नेपाली र भारतीय रु.१०० नगदसहित पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जनाईएको छ ।

 

प्रतिकृया दिनुहोस्