OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १७, २०७८जुम्ला
११२३ पटक

१७ जेठ २०७८, सोमबार

तातोपानी गाउँपालिकाको ६ जुम्ला रावतवाडा गाउँमा दर्जनौ नागरिकहरु बिरामी परेका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका दर्जनौ नागरिकहरु बिरामीले थला परेको स्थानीय युवा बरम सुनारले जानकारी दिनुभयो । विगत एक सातादेखि उनीहरुमा समस्या देखिएको हो ।

गाउँमा रोगले नागरिकहरु बिरामी परेपनि स्थानीय सरकारले ध्यान नदिएको उनीहरुले दुखेसो प्रकट गरेका छन् । युवा सुनारका अनुसार गाउँलेहरुमा खोकी लाग्ने, टाउको दुख्ने, हाडजोर्नी ज्वरो आउने, खाना नरुज्ने, पालतो दिसा हुने हुने लगायतका समस्या लक्षण देखिएको छ ।

उहाँले भन्नुभयो,‘ करिब पाँच दिनदेखि समस्या देखिन थालेको ३५ जना जति रहेका छन् । वडा कार्यालयलाई भनेका छौँ । प्रक्रिया थाल्छौँ भनेका छन् तर बिरामीहरुमा भने समस्या झन गम्भीर हुँदै गएको छ।’

एकसातादेखि उक्त गाउँमा १५ जना सिकिस्त, अन्य १५ जना जति सामान्य रहेका छन् । सिकिस्त हुनेमा ४० वर्षका देखि ७० वर्ष समूहका रहेका छन् । उक्त गाउँमा काठमाडौँ, सुर्खेत, भोजपुर लगायतका जिल्लाबाट मानिसहरु भित्रिएको बताईएको छ ।

तर स्थानीय तहले समयमै ध्यान नदिदाँ उक्त गाउँमा महामारी फैलिँदै गएको स्थानीय बताएका छन् । ५३ घरधुरी रहेको उक्त गाउँमा ५० प्रतिशत घरधुरी प्रभावित भएको र चार वर्षदेखि ७० वर्ष उमेर समूहका मान्छेहरुमा समस्या देखिएको छ ।

तातोपानी गाउँपालिका ६ का वडाध्यक्ष बिशाल खड्काले आफूहरुले गाउँहरुको अवस्थाबारे जानकारी लिएको बताउनुभयो । दिउसो रावतवाडा गाउँमा गएको बताउँदै वडाध्यक्ष खड्काले सो गाउँमा करिब चार दर्जन भन्दा बढीमा कोरोनासँगको लक्षण देखिएको बताउनुभयो ।

उहाँका अनुसार ४६ जनाको नाामावली पीसीआर परिक्षणका लागि तयार गरिएको छ । पहिलो चरणमा ३० जनाको परीक्षण गरिने भन्दै उहाँले त्यसपछि अवस्था हेरेर अन्य नागरिकहरुको परीक्षण गर्ने वडाध्यक्ष खड्काको भनाई थियो ।

प्रतिकृया दिनुहोस्