OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १४, २०७८काठमाडौं
७९९ पटक

१४ जेठ २०७८ शुक्रबार

मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठन गर्दै ८ नयाँ मन्त्री थपेका छन् । यसअघि नै मन्त्री रहेका प्रकाशबहादुर शाहको मन्त्रालय हेरफेर गरिएको छ ।
मन्त्रीहरूले शुक्रवारै शपथ लिएका छन् । नवनियुक्त मन्त्रीमा पूर्णा जोशी, लालबहादुर खड्का, दीर्घ सोडारी र मानबहादुर धामी रहेका छन् ।

राज्यमन्त्रीहरू अर्चना गहतराज, मनाकुमारी साउँद, चुनकुमारी चौधरी र मानबहादुर सुनार समेत नियुक्त भएका छन् ।

नयाँ मन्त्री नियुक्तसँगै प्रदेश सरकार ११ सदस्यीय बनेको छ । प्रदेश सरकारमा मुख्यमन्त्री भट्ट, मन्त्री प्रकाशबहादुर शाह र विनितादेवी चौधरी पुरानै अनुहार हुन् ।

नेकपा एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले सरकार छाड्ने निर्णय गरेपनि एमालेसहित प्रदेश सरकार पुनर्गठन भएको छ । लोकान्तरबाट

प्रतिकृया दिनुहोस्