OnlinePana

आज : २०८१ मंसिर १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ४, २०७८काठमाडौं
६९९ पटक

४ जेठ २०७८, मंगलबार

दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थिउपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुबाको शव सोमबार गृहजिल्ला ल्याएर दाहसंस्कार गर्न थालिएको थियो ।

पत्रकार लक्ष्मण र उनका बुबा झण्डै २० दिनदेखि बिरामी  भएर भैरहवामा उपचाररत थिए । दुबैको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको थियो । त्यही क्रममा  बुबाको आइतबार मृत्यु भएको थियो । सोमबार बुबाको दाहसंस्कार गर्दैगर्दा लक्ष्मणको पनि मृत्युको खबर आयो ।

यद्यपि बुबाको मृत्युको खबर लक्ष्मणलाई भने दिइएको थिएन । आफूहरु बुबाको दाहसंस्कारका लागि घाटमा रहेकै बेला लक्ष्मणको पनि मृत्यु भएको खबर आएको  स्थानीय पत्रकार प्रेमबहादुर राम्जाले बताए । कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरु अस्पताल भर्ना भएको तर परीक्षणमा भने रिपोर्ट नेगेटिभ देखिएको थियो । यो खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्