OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही बैशाख २३, २०७८जुम्ला,
८८४ पटक

सिञ्जा वैशाख २३ गते । कोरोना संक्रमित व्यक्तिलाई अस्पतालको आईसुलेशन वेडमा राख्नुपर्ने अवस्थामा बस्ने ठाउँ नभएर जंगलको छेउमा टहरा बनाएर बसिरहेको भेटिएको छ ।
सिञ्जा गाउँपालिका २ निवासी एक व्यक्ति अस्पताल आएर संक्रमित भएपछि उनलाई घर पठाईएपछि अहिले “पालको वासमा बसिरहेका छन्” । उहाँ घरमा छुट्टै बस्ने संरचना नभएपछि जंगलको छेउमा पाल बनाएर बसेका हुन् ।

सो गाउँपालिका निवासी चन्द्रविर तिरुवा नौ दिन अगाडि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सिञ्जा गाउँपालिकाले पुरयाएको र कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि वेड हुदा हुदै घर पठाईदिएको आक्रोस पोख्नुभयो ।

संक्रमिति तिरुवाले अस्पतालको वेडमा बसेर सजिलो होला भनेको त घर पठाईदिने निर्णय गरेपछि त्यहाँको नियम र व्यवहार प्रति आफु अपहेलित भएको गुनासो गर्नुभयो । उहाँले कित स्थानीय तहको आईसुलेशन वेडमा राख्नुपर्ने त्यो पनि नभएको गुनासो गर्नुभयो । उहाँले म जस्ता व्यक्तिहरुलाई त यस्तो गर्छन, अरुलाई के गरे होलान त्यहाँ पुगको राष्ट्रिय मानव अधिकार आयोग र पत्रकार महासंघको टोलीलाई गुनासो गर्नुभयो । तपाई सक्नु हुन्छ भने आईसुलेशनमा यसपछिका संक्रमितलाई बस्ने व्यवस्था गर्न पहल गर्नुहोला भन्दै सुझाव दिनुभयो ।
सिञ्जा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष नविन शर्माका अनुसार हामीले आशा मानेर संक्रमित भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठायौ तर विरामी फिर्ता पठाएपछि हामीलाई हैरान भयो । गाउँमा दौडादौड हुन्छ, आईसुलेशन हुने प्रकारका घर र संरचना नभएको बताउनुभयो ।

सिञ्जा गाउँपालिकामा ५ वेडको कोभिड अस्पताल रहेको स्वास्थ्य संयोजक नरबहादुर रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित व्यक्ति राख्ने भन्ने सोच हो तर पूर्वाधार छैन । अक्सिजन र अन्य सामाग्री अस्पतालमा नभएकाले समस्या भएको बताउनुभयो । उहाँले विरामीलाई रगतमासी देखिएको भनेपछि औषधी पठाएको जानकारी दिनुभयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर राजिव शाहका अनुसार प्रतिष्ठानले अव श्वासप्रश्वास विना बाच्न नसक्ने विरामीका लागि मात्रै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले लक्षण भएका तर कठिन नभएका विरामीलाई स्थानीय स्तरमै व्यवस्थापन गर्दा हामी जोखिममा नहुने र कठिन परिस्थितिका विरामी अहिले भर्नादर बढिरहेकाले अस्पतालका वेड अक्सिजन आवश्यक पर्ने कोरोना रोकथामका विरामीलाई आवश्यक रहेको बताउनुभयो । अहिले प्रतिष्ठानमा ६६ संक्रिमित मध्य ११ जना अक्सिजन आवश्यक पर्ने विरामीको उपचार भईरहेको उहाँले बताउनुभयो ।

सरकारले बनाएका आईसुलेशन खाली हुदा पनी भिन्नै पाल बनाएर बसेको सुनेपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली सो स्थानमा पुगेर अनुगमन गरेको छ । आयोगको अनुगमन टोलीले संक्रमित बसेको स्थानमा ३० मिटर टाढाबाट आवश्यक सुरक्षामापदण्ड अपनाएर पालमा बसेका संक्रमित तिरुवाको अवस्था अवलोकन गरेको हो ।

राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका अधिकृत धनराज शाही र किरण बराम सहित पत्रकार महासंघको टोली पुगेर पालको बसाई र अवस्थाका बिषयमा आफन्त सँग बुझेको छ । यसका साथै आयोगको अनुगमन टोलीले कोरोना रोकथामका लागि स्थानीय सरकारले गरेको तयारी, समस्या र चुनौतिका बिषयमा सिञ्जा क्षेत्रको हिमा, सिञ्जा गाउँपालिकाका जनप्रतिनिधीहरु सँग भेटघाट गरी अवस्था अवलोकन गरेको छ ।

अस्पताल र आईसुलेशन हुदा पनि संक्रमित मानिस पालमा बस्नु दुर्भाग्य भएको आयोग जुम्लाका सूचना अधिकारी किरण बरामले बताउनुभयो । अधिकृत धनराज शाहीले स्थानीय तहमा परीक्षणका लागि किटहरु अभाव भएको पाईएको बताउनुभयो ।

सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले सिञ्जा क्षेत्रमा सुरक्षा जनशक्ति कम भएको, डाक्टरहरु आउन नमान्ने भएकाले समस्या भएको बताउनुभयो । उहाँले गाउँपालिकाले गत बर्षकै जस्तो कोभिड रोकथामका लागि तयारी भएको बताउनुभयो ।

हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले वडाध्यक्षलाई वडामा सूचना सम्पर्क व्यक्तिको रुपमा तोकिएको र कुन गाउँमा को आउछन सो अनुसार तथ्यांक अपडेट गर्ने व्यवस्था गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य जनशक्ति परिचालन गरिएको तर जाँचका लागि किटको अभाव भईरहेको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्