कोरपाटी संवाददाताबैशाख १९, २०७८काठमाडौं

३८१ पटक

१९ बैशाख २०७८, आईतबार
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त हुनुभएको छ ।
यस अघि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष पोखरेलले बहुमत सदस्यको हस्ताक्षर बुझाउनुभएको थियो । सोही आधारमा प्रदेश प्रमुख यादवले उहाँलाई नियुक्त दिनुभएको हो । उहाँले आज बिहान मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो । मुख्यमन्त्रीमा पुनः नियुक्त हुनुभएका पोखरेलले केहीबेरमा पद तथा गोपनियताको सपथ लिनुहुने जनाइएको छ ।