OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीचैत्र २९, २०७७जुम्ला,
८६२ पटक

खलंगा चैत्त २८ गते । जुम्ला हिमा गाउँपालिका २ निवासी कमल रोकाया फोक्सोको समस्याले गम्भिर विरामी भई ३ महिना देखी आईसियूमा उपचाररत छन् । तर आर्थिक अभावले औषधी किन्ने पैसा नहुदा समस्या भएको छ ।
भारतमा बिरामी भएका कमल गत मंशिर अघि नेपाल फर्किएका थिए । विरामी भएपछि सुर्खेतको माया मेडिकल, काठमाण्डौ विर अस्पताल, चितवन, भारतको लखनउ हुदै हाल काठमाण्डौको टिचिङ अस्पतालको आईसियूमा ३ महिनादेखी उपचाररत रहेका उहाँका भाई भैरव रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार ऋण जोह गरेर रु १९ लाख बढि खर्च भई सक्यो तर सन्चो नभएको र आईसियूमै रहेको जानकारी दिनुभयो ।
भाई भैरव ३ महिना देखी आईसियूमा गम्भिर विरामी भएका दाजुको उपचारका लागि कुरिरहेका छन् । अस्पतालको आन्तरिक सहयोग भएपनि महंगो औषधी किन्नुपर्ने अवस्था भएको तर आर्थिक अभावले समस्या भएको भन्दै भाई भैरवले हार गुहार गरिरहेपनि उनलाई आर्थिक जुटन सकेको छैन् ।
भारतमा काम गर्ने क्रममा २०७७ साल मंशिर महिनाको उत्तराखण्डाको परेकमा विरामी भएपछि सुर्खेत ल्याईएको थियो । सुर्खेतको माया नर्सिङ होम हुदै त्यहाँवाट सुर्खेत अस्पातलमा ७ दिन, त्यसपछि काठमाण्डौ विर अस्पतालमा १३ दिन आईसियू सहित १ महिना, भरतपुरमा एक दिन, फेरी नेपालगंज, लखनउ हुदै फेरी काठमाण्डौको शिक्षण अस्पतालमा भर्ना भएका छन् । २०७७ साल माघ २० गते देखी कमल रोकाया टिचिङ अस्पतालको आईसियूमा भर्ना भएका थिए ।
रु १८ लाख ऋण :
उपचारका लागि रु १९ लाख खर्च भएकोमा रु १८ लाख ऋण भएको भाई भैरवले बताउनुभयो । जग्गा धितो रु ६ लाख र अन्य ऋण गरेर उपचार गरियो तर सो रकम सकिएपछि अहिले ठूलो समस्या भएको छ । वाह्रय औषधी किन्न नसकिएको भन्दै हार गुहार गरिरहेका छन् ।
उपचारको लागि भने रोकायाको गाउँपालिका हिमाले रु ५० हजार रकम सहयोग गरेको छ । यसैगरी अपांग पुनस्र्थापन तथा विकास केन्द्र रु १५ हजार, जुम्ली सेवा समाज रु १० हजार, ईन्द्रेणी कार्यक्रम रु ४० हजार सहयोग प्रदान भएको बताईएको छ ।
कुरुवाको खाना पनि अस्पतालले जिम्मा लियो :
पैसा नहुदा कुरुवाको खाना अस्पतालले जिम्मा लिएको छ । टिचिङ अस्पताल आईसियूका ईन्चार्ज उमा खनालका अनुसार रोकायाका खाना खाने क्रममा श्वासनलीमा खाना अडकिएका कारण ईन्फेक्सन भएर प्याल परेपछि गम्भिर विरामी भएका हुन् । तर अस्पतालले ३ महिना देखी हरप्रयास उपचार गरिरहेको छ अहिले तौल २८ केजी भएको खनालले जानकारी दिनुभयो । रोकायाको उपचारको उपचार डा. अञ्जन सापकोटा सहितका डाक्टरले गरिरहनु भएको अस्पतालले जनाएको छ ।
यसैगरी आर्थिक अवस्था कमजोर र ऋण गरेको पैसा सकिएपछि विरामी सहित कुरुवाको खाना समेत खुवाउने जिम्मा अस्पतालले लिएको आईसियू ईन्चार्ज खनालले जानकारी दिनुभयो । उहाँले कमलको जीवन बचाउन वाह्रय औषधीपनि धेरै आवश्यक रहेकाले आर्थिक सहयोगको आवश्यकता रहेको छ ।

 

प्रतिकृया दिनुहोस्