OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २, २०७७सुर्खेत
७१९ पटक

सुर्खेत २ चैत २०७७ : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ‘पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्त’ सम्बन्धी दुईदिने तालिम शुरु भएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कर्णाली प्रदेश सुर्खेतले सिबिएमसँगको सहकार्यमा ‘हामीलाई पनि समावेश गर’ परियोजना अन्तरगत ‘पहुँचयुक्तता र विश्वविव्यापी सिद्धान्त’ सम्बन्धी दुईदिने आजबाट तालिम शुरु भएको हो । पहुँचयुक्तताका सर्वव्यापी सिद्धान्तका आधारमा भवन संरचना डिजाईन गरी न्यायोचित समाज सृजना गर्ने उद्देश्य राखेर कर्णाली प्रदेशमा दुईदिने तालिम सञ्चालन गरिएको राष्ट्रिय अपाङ्ग महासंघ नेपालकाआर्किटेक्ट परामर्शदता मिलन बगालेले जानकारी दिनुभयो ।

“अपाङ्गता भएका व्यक्तिको संस्था (डिपिओ), प्रदेश तथा स्थानीय तहमा कार्यरत प्राविधिक (सिभिल, आर्किटेक्ट र आईटी विज्ञ) र पत्रकार सञ्चारकर्मीहरुबीचको छलफलबाट पहुँचयुक्त डिजाईनको आवश्यकता र औचित्यबारे प्राविधिकहरु जानकारी हुने भएकोले हामीले समावेशी तालिम सञ्चालन गरेका छौं,” परामर्शदता बगालेले भन्नुभयो, “यो देशका सातवटै प्रदेशमा सञ्चालन भईरहेको छ ।”

उहाँकाअनुसार पहुँचयुक्त भवन डिजाईनका लागि भवन संहिता र अपाङ्गता भएका व्यक्तिकालागि पहुँचयुक्त संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ लागु भई कार्यान्वयनमा गएपनि ती प्रयासहरुले पहुँचयुक्तताका सबै प्रावधानलाई समेट्न सकेका छैनन् ।

‘हामीलाई पनि समावेश गर’ परियोजनाका संयोजक बिमल पौडेलले पहुँचयुक्तताको सर्वव्यापी सिद्धान्तबाट मात्र हरेक नागरिकहरुले समान सेवार पहुँचप्राप्त गर्ने जिकिर गर्नुभयो । नर्थ क्यारोलिना विश्वविद्यालय अमेरिकाका प्राध्यापक रोनाल्ड मेसले सन् १९९७ मा पहुँचयुक्तता संरचनाको डिजाईनको विश्वव्यापी सिद्धान्त प्रतिपादन गरेयता आज संसारभरि यही सिद्धान्तहको अनुसरण गर्दै संरचना डिजाईन गर्ने प्रचलन अघि बढेको उहाँले बताउनुभयो ।

महासंघ प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले तालिमले अपाङ्गता भएका व्यक्ति लगायत सबैको समानपहुँचकालागिनीतिगत सुझाव उठाउन हुने बताउनुभयो । यताकार्यक्रमका सहभागी रमेश केसीले तालिमले सर्वाङ्गीण क्षेत्रमा सकरात्मक प्रभावपार्ने बताउनुभयो ।

पहुँचयुक्तताको विश्वव्यापी सिद्धान्तसँग सम्बन्धित न्यायोचित प्रयोग, प्रयोगमालचकता, सरल र सहजपहुँच, ईन्द्रियगोचर (प्रत्यक्ष÷स्पष्ट) सूचना, त्रुटिप्रति सहिष्णुता, न्यूनबलको प्रयोग, पहुँच र उपयोगका लागिआकार एवं स्थानका बारेमा सरोकारवालाहरु बीचव्यापक छलफल भईरहेको उक्ततालिममा ६० जनाको सहभागिता रहेको छ ।
सुर्खेत

प्रतिकृया दिनुहोस्