OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
एजेन्सीसाउन ४, २०७६ भारत
१०५८ पटक

कुरा भारतको हो । भारतको एक राज्य छत्तिसगढमा अहिले पशुप्रेमीहरुमा निक्कै ठूलो उत्साह छाएको छ । त्यसको कारण हो भैँसी गर्भवती हुनु ।

भारतको एक समाचारमाध्यमले छत्तिसगढका पशुप्रेमीहरु एउटा वन भैँसीका कारण खुसी भएको उल्लेख गरेको छ । समाचारमा त्यसको कारण पनि बताइएको छ, उक्त वन भैँसी आमा बन्नेवाला छ ।

‘खुसी’ नाम गरेको उक्त वन भैँसी गर्भवती भएपश्चात पशुप्रेमी तथा वनका कर्मचारीहरु त्यसको स्याहार सुसारमा लागेका छन् । उसका हरेक आवश्यकताहरु पूरा गरिएको छ ।

समाचारमा जनाइए अनुसार यही महीना अन्त्यसम्ममा या अगष्ट महीनाको पहिलो सप्ताहमा उक्त भैँसी सुत्केरी हुने अपेक्षा गरिएको छ । जसका कारण ‘खुसी’को स्याहार सुसार पनि बढ्दै गएको छ । पशु चिकित्सकहरुले लगावका साथ नियमित रुपमा खुसीको चेकअप गरिरहेका छन् ।

खुसी गर्भवती भएपछि छत्तिसगढका पशुप्रेमी र वनका सरोकारवालाहरु यति खुसी भएका छन् कि उनको स्याहार सुसारमा कुनै कमी हुन दिएका छैनन् । खुसीलाई कुनै अप्ठेरो नपरोस् भन्नका लागि हर तरहको व्यवस्था गरिएको र वन विभागका कर्मचारी उत्साहपूर्वक खुसी सुत्केरी हुने दिनको प्रतिक्षामा रहेको समाचारमा जनाइएको छ ।

समाचार अनुसार वनभैँसी छत्तिसगठको राष्ट्रिय जनावर हो । तर, पछिल्ला दिन यो लोप हुने खतरा बढेको छ । त्यहाँ जम्मा ८ वटा वन भैँसी बँचेका छन्, त्यसमा पनि ६ वटा त राँगाहरु छन् । आमा बन्नका लागि दुईवटा भैँसी मात्र छन् ।

यी दुई भैसीको नाम एउटाको आशा र अर्काको खुसी हो । त्यसैमध्येको खुसी गर्भवती भएको समाचारले छत्तिसगढमा खुसी छाएको हो ।

अर्कातर्फ आशा बुढी भइसकेको र उसले बच्चा जन्माउन सक्ने अवस्था नरहेको बताइएको छ । जसका कारण खुसीको प्रजनन क्षमतामा नै छत्तिसगढको वन भैँसीको संख्या निर्धारण देखिएको थियो । सोही खुसी गर्भवती भएपछि पूरै राज्यभरका वनसँग सम्बन्धित सरोकारवालाहरुमा खुसी छाएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्