OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आश्विन २१, २०७७जुम्ला,
२५२८ पटक

खलंगा असोज २१ गते । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रतिष्ठान अहिले आशाको केन्द्रको रुपमा स्थापित भएको बताउनुभयो । जुम्ला पुग्नु भएका मन्त्रीरावलले प्रतिष्ठानको अन्तरक्रियामा कर्णालीका जनताको जीवन रक्षाको रुपमा काम गरेकोमा पदाधिकारी तथा कर्मचारीलाई धन्यवाद दिनुभयो ।

उहाँले चाडै कर्णाली सरकारको मन्त्री परिषदमा भेन्टिलेटर र शववाहनको एजेण्डा लिएर प्रतिष्ठानलाई भेन्टिलेटर र शववाहन प्रदान गर्ने प्रतिवद्धता जनाउनु भयो । मन्त्री रावलले कोभिडमा प्रतिष्ठानको जनशक्ति र टोलीले खेलेको भूमिका उच्च सम्मान योग्य भएको बताउनुभयो ।

कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था , कृषि शहकारी मन्त्री विमला केसीले संकटामा प्रतिष्ठानले हाम्रो ईज्जत बचाएको भन्दै सवैलाई धन्यवाद दिनुभयो । यहाँको सेवा प्रति आभारी सहित प्रतिष्ठानको स्तरबृद्धिका लागि सरकारले आवश्यक सहयोग आवश्यक रहेको जानकारी दिनुभयो ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तत्काल भेन्टिलेटर र शव वाहन थप गर्न प्रदेश सरकार र संघीय सरकारलाई अनुरोध गरिएको छ ।

जुम्ला पुगेका कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसी, सामाजिक विकास मन्त्री दल रावल सहितलाई कोरोनाको अवस्था खतरा हुन सक्ने भन्दै भेन्टिलेटर र शव वाहन सहयोग गर्न अनुरोध गरिएको हो ।

प्रतिष्ठानले कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसी, मन्त्री दल रावल सहितलाई आफ्नो कोभिडको समयमा भएका कामहरु र चुनौति विषयमा गरेको अन्तरक्रियामा दुर्त गतिमा पिसिआर परीक्षण गर्नमा सफल भएको र उपचारका लागि भेन्टिलेटरको आवश्यकता भएकोमा जोड गरिएको छ ।

प्रतिष्ठानका निमित्त निर्देशक अनुपमंगल समालले २६ हजार बढि नागरिकको पिसिआर परीक्षण गरिएको जानकारी दिदै यहाँ परीक्षण गरिएका नौ सय व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको र एक सय ५० जना बढि यहाँकै आईसोलेशनमा कोरोना जितेर फर्किएका जानकारी दिनुभयो । उहाँले अव प्रतिष्ठानलाई अन्य भेन्टिलेटर आवश्यक रहेकोले सहयोग गर्न प्रदेश सरकारलाई अनुरोध गर्नुभयो ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले प्रतिष्ठानको काममा संघीय सरकार र प्रदेश सरकारको ठूलो भूमिका रहेको भन्दै सहयोगका लागि सवैलाई धन्यवाद दिनुभयो । उहाँले अन्तिम प्रतिष्ठानका लक्ष्य डाक्टर पढाई भएकाले यसमा सहयोग गर्न सवैलाई अनुरोध गर्नुभयो । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले १५ वटा भेन्टिलेटर संघीय सरकार र प्रदेश सरकारलाई माग गरिएको जानकारी दिनुभयो । यसैगरी मन्त्री रावल र केसीले प्रतिष्ठानको ईमरजन्सी ,आईसियू देखी विभिन्न कक्षहरुको अवलोकन गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्