OnlinePana

आज : २०८२ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन १, २०७६
६९३ पटक

सुर्खेत, १ साउन ः जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आव.०७५÷०७६ मा रु.एक करोड ६४ लाख राजश्व संकलन गरेको छ ।
सुर्खेतमा सञ्चालित विभिन्न सवारी कारवाहीबाट आव.०७५÷०७६ को असार ३० गतेसम्म रु.एक करोड ६४ लाख ५८ हजार पाँचसय राजश्व संकलन गरेको हो । आव.०७४÷०७५ को राजश्व भन्दा ४७ प्रशितश बढी राजश्व हो । गत आव.०७४÷०७५ जिल्ला ट्राफिक प्रहरी सुर्खेतले रु.८७ लाख ८९ हजार राजश्व संकलन गरेको थियो ।
विशेषगरी मादक पदार्थ सेवन गरेर सवारी हाँक्ने, विना लाईसेन्स सवारी चलाउने, क्षमता भन्दा बढी भार बोक्नेलगायतका ट्राफिक नियम उलङ्घनगरी सवारी चलाउनेलाई कारवाही ठूलो परिमाणमा राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले राससलाई जानकारी दिनुभयो ।
“ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्दा सुर्खेतमा २७ हजार ९३ सवारी कारवाहीमा परेका छन् जसमा ७९८ मादक पदार्थ सेवन गरेर चलाउने भेटिए,” प्रहरी निरीक्षक बिसीले भन्नुभयो, “यद्यपि मोटरसाईकल, जीप, बस÷मिनिबस, ट्रयाक्टर, ट्रक, टिपर, अटोरिक्सालगायत सवारी साधन २० हजार १५१ छन् ।” चालकहरुको लापरवाहीका कारण दोहिरएर कारवाहीमा पर्दा उपलब्ध सवारी साधन भन्दा कारवाही हुने सवारीको संख्या बढी देखिएको उहाँको भनाई छ ।
पुस महीनामा सबैभन्दा बढी दुई हजार ८७३ सवारी साधन कारवाहीमा पर्दा प्रहरीले रु.१९ लाख ४७ हजार राजश्व संकलन गरेको थियो । सबैभन्दा कम साउन महीनामा एक हजार १४१ सवारी कारवाही हुँदा रु.आठ लाख ५२ हजार ५०० राजश्व संकलन भएको जनाईएको छ ।
ट्राफिक नियम सम्बन्धी आव.०७५÷०७६ मा ६१३ पटक जनचेतनामूलक कार्यक्रम गर्दा सवारी दुर्घटनामा कमि आएकोे उहाँको दावी छ । उहाँका अनुसार आव.०७४÷०७५ मा सवारी दुर्घटनाबाट ३५ जनाको मृत्यु भएकोमा आव.०७५÷०७६ मा त्यो संख्या २९ मा झरेको छ । ट्राफिक प्रहरी सुर्खेतले हाल प्रति ट्राफिकले ४१७ सवारी साधन हेर्नु पर्दछ ।

प्रतिकृया दिनुहोस्