OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीआषाढ ३१, २०७६जुम्ला,
७२८ पटक

खलङ्गा असार ३१ गते । साना उद्योग तथा घरेलु विकास समिति जुम्लामा उद्योग दर्ता गर्नेको संख्या बढेको छ ।
साना उद्योग तथा घरेलु विकास समिति जुम्लाले गरेको बार्षिक समिक्षामा बर्षेनी उद्योगहरु दर्ता गरेर रोजगारी हुनेको संख्या बढेको कार्यालय प्रमुख हरिभगत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार शिप विकास तालिम दिए सँगै उद्योगी बन्नका लागी दर्ता हुनेको संख्या बढेका छन् ।
आर्थिक बर्ष २०७५।०७६ को बार्षिक समिक्षा कार्यक्रममा यो बर्षमा ४०२ जना लघु, घरेलु तथा साना उद्योग दर्ता भएका छन् । यसैगरी एक हजार चार सय ८४ जनाको रोजगारी सृजना भएको घरेलु तथा साना विकास समिति जुम्लाले जनाएको छ । यसैगरी हाल सम्म ३ हजार ७ सय ८७ जनाले स्थापना कालदेखी हाल सम्म शिप विकास तालिम घरेलु विकास समितिवाट लिएका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी यो बर्ष ५० जना उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको छ । यसैगरी कामको रैथानेवाली प्रशोधन तालिम, सिलाई कटाई ढाकाँ वुनाई, हाते होजियारी तालिम, पलम्विङ तालिम देखी विभिन्न प्रकारका शिप विकास तालिम प्रदान गरिएका छन् । बि.सं २०४९ सालवाट हाल सम्म भने एक हजार ८ सय ३७ उद्योग दर्ता र ३ सय ३९ वटा लघुउद्यम दर्ता भएका छन् । केही उद्यमीहरु सफल रुपमा अघि बढेपनि धेरैले तालिम लिएर छोड्ने समस्या भएकाले तालिम लिएकाको प्रगति प्रतिवेदन राख्न सरोकारवालाहरुले सूझाव दिएका छन् ।
घरेलुले गरेको समिक्षा कार्यक्रममा बर्षभरी भएका प्रगति, आय व्यय देखी भएका कामहरुको समिक्षा गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिले गरेका कामहरु र दुईवटा साझेदार संस्थाहरु ग्रामिण परिवेश नेपाल र सांग्रीला एशोशियशनले गरेका कामहरुको प्रगति समिक्षा समेत गरिएकोे छ । ग्रामिण परिवेश नेपालका अध्यक्ष अमर रोकाया र सांग्रीला एशोसियशनमा कार्यक्रम संयोजक लिलाराज ताम्राकारले भएका प्रगतिको प्रस्तुतीकरण गर्नुभएको थियो । समिक्षाका कार्यक्रममा अध्यक्ष जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख कार्मा बुढाले मिडेप परियोजना नेपालको नमूना भएको र यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले यो परियोजनाले स्थानीय उत्पादनमा जोड दिन आवश्यक रहेको बताउनुभयो । घरेलु तथा साना उद्योग समितिका कार्यालय श्रेष्ठले शिप विकास र उद्यम आजको आर्थिक समृद्धिको आधार भएको र सोही अनुसार काम भएको बताउनुभयो । समिक्षामा कार्यक्रमहरु निकै लोकप्रिय भएको र विगतका अनुभवका आधारमा सुधार्नुपर्ने बताउनुभयो । यसका साथै सरोकारवाला निकायहरुले शिप विकास र तालिम ठिक भएपनि कतिले प्रगति गरे भन्ने बिषयमा लेखाजोखा हुनुपर्नेमा जोड दिएका थिए । यसैगरी ग्रामिण परिवेश नेपालले नयाँ उद्यमीलाई तालिम र प्रविधि हस्तान्तरण र १२० जना उद्यमीको व्यवसाय स्तरउन्नति गरिएको अध्यक्ष अमर रोकायाले बताउनुभयो । सांग्रीलले १२० जनालाई शिप विकास तालिम दिएको बताएको छ ।

प्रतिकृया दिनुहोस्