OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २१, २०७६सुर्खेत
३५२ पटक

सुर्खेत, २० असार । कर्णाली प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुर्खेतका उत्कृष्ट कृषकलाई पुरस्कार प्रदान गरेको छ । कृषि पेशाको गरिमा बढाउन र उत्पादनतर्फ आकर्षित गराउन मन्त्रालयले यो पुरस्कार वितरण गरेको हो ।

भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुर्खेतको आयोजनामा शुक्रबार एक कार्यक्रमगरी सुर्खेतको बरेन्द्रनगरमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले सुर्खेत जिल्लाबाट छनोटमा परेका उत्कृष्ट कृषक,समुह र सहकारीलाई नगदसहित प्रमाणपत्र प्रदान गर्नुभयो ।

सुर्खेतका नौ वटा स्थानीय तहबाट २र२ जना छनौट गरेर जिल्लास्तरमा पुरस्कार प्रदान गरिएको थियो । मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार र कृषक प्रोत्साहन कार्यक्रम गरेर ३३ जनालाई पुरस्कार प्रदान गरिएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुर्खेतका सुचना अधिकारी मोहन गिरीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार अन्तरगत स्थानीय तहबाट गाइ ,भैसी, बाख्रा,कुखुरा र माछापालन व्यवसाय सञ्चालन गरेका कृषक मध्यबाट एकजना महिला र पुरुष गरेर १८ जना उत्कृष्ट कृषक, जिल्लास्तरीय गाइ भैसी, बाख्रा, कुखुरा र माछापालन व्यवसाय सञ्चालन गरेका कृषक, समुह, सहकारी र कृषि फार्म मध्येबाट चारजना र उत्पादनका आधारमा दिइने प्रोत्साहन कार्यक्रम अन्तरगत जिल्ला भरिबाट प्रतिनिधित्व हुनेगरी ११ जना सफल कृषकलाई पुरस्कार प्रदान गरिएको सूचना अधिकारी गिरीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट स्थानीय तहबाट छानिएका १८ जना प्रति कृषकलाई रु. १५ हजारका दरले २ लाख ७० हजार , उत्पादनका आधारमा दिइने प्रोत्साहनअन्तरगत रु. चार लाख २९ हजार र मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार जिल्लास्तरकालाई रु. एक लाख ३५ हजार प्रदान गरिएको उहाँले वताउनुभयो ।

पुरस्कार वितरण कार्यक्रममा बोल्दै कृषिमन्त्री केसीले कर्णाली प्रदेशको कृषि पेशामा आर्कषण बढाउन र वास्तविक कृषकलाई सम्मान गर्न मन्त्रालयले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कार्यक्रमको व्यवस्था गरिएको प्रष्ट्याउनुभयो ।

कृषि पेशा र कृषकलाई अपहेला गर्ने गरिएको टिप्पणी गर्दै मन्त्री केसीले आगामी दिनहरुमा सबैले कृषिमा लगानी गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कृषि पेशा तथा कृषकलाई सम्मान र प्रवद्र्धन गर्न सकिए मात्र समृद्धि सम्भव हुने बताउनु भएकी उहाँले कर्णाली सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयोे ।

यस प्रदेशा १० वटै जिल्लाबट एकजना महिला र पुरुषलाई छनौट गरेर प्रदेशस्तरमा पनि पुरस्कार प्रदान गरिने मन्त्री केसीले जानकारी दिनुभयो । सबै जिल्लाका उत्कृष्ट कृषकहरुबाट एक महिला र एक पुरुषगरी २० जना प्रदेशमा आउने र उनीहरु मध्येबाट प्रदेशको उत्पादक नायक र नायिका घोषणा गरिने उहाँको भनाइृ थियो ।

प्रदेश स्तरीय उत्कृष्ट नायक र नायिकालाई भने जनही रु.दुई लाख ५० हजार सम्मान स्वरुप पुरस्कार प्रदान गरिने कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्