OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीआषाढ १५, २०७६जुम्ला,
३८४ पटक

खलङ्गा असार १५ गते । यहाँको हिमा गाउँपालिकाले आर्थिक बर्ष २०७६।०७७ का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाले स्थानीय खसभाषालाई संरक्षण गर्ने जोड सहित विभिन्न लोकप्रिय निति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँपालिकाले लोप हुन थालेको खस भाषा संरक्षणमा पाठ्यक्रम निर्माण देखी विभिन्न आधारहरु तयार गरिने निति कार्यक्रममा ल्याएको हो ।
‘शिक्षा स्वास्थ्य, कृषि र पूर्वाधारको विकास, पर्यापर्यटन र भाषा सस्कृतिको संरक्षण सहित गरिविको निकास’ भन्ने मुल नारासहित गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७६।०७७ को बजेट बक्तब्य तथा निति कार्यक्रममा गाउँपालिकामा जन्म हुने वालवालिका र आमाहरुलाई पौष्ठिक आहाराको मात्रा पुरा गर्न “छोरी वुहारी कार्यक्रम” संचालन गर्र्ने भएको छ । जस अन्तरगत गर्भवति र प्रसुतिलाई निशुल्क एम्वुलेन्स सेवा समेत गर्ने भएको हो । यसैगरी एसईईको परीक्षामा राम्रो ग्रेड ल्याएका जेहेन्दार परिवारका विद्यार्थीलाई “हिमाको चिनो नामक छात्रवृत्ति” कार्यक्रम गरिने भएको छ ।
यसैगरी हिमा गाउँपालिकाले ज्येष्ठ नागरिकहरुका लागि “हाम्रो ज्येष्ठ नागरिक हाम्रा गहन” कार्यक्रम अन्तरगत बार्षिक रु एकहजार प्रोत्साहन भक्ता थप्ने कार्यक्रम ल्याएको छ । यसैगरी ज्ेष्ठनागरिकलाई माईनस डिग्रीको चिसो छल्न न्यानो कपडा समेत वितरण कार्यक्रम राखेको छ । गाउँपालिकाले प्रस्तुत गरेको प्रतिवेदनमा हाम्रो कला हाम्रो पहिचान कार्यक्रम अन्तरगतस्थानीय कला सस्कृतिलाई जगेर्ना गर्ने प्याकेज कार्यक्रम घोषणा गरेको छ ।
यसैगरी विद्यालय वाहिर रहेका वालवालिकालाई विद्यालयको पहुँच पुरयाउने, हिमा आवासीय विद्यालयलाई व्यवस्थित बनाउने, गाउँपालिकाका नांगा पाखाहरुलाई हरियाली सडक बनाउने भएकोछ । यसैगरी प्राविधिक शिक्षालाई जोड दिने, जनता सँग अध्यक्ष कार्यक्रम अन्तरगत गाउँवस्तिमा छलफल कायर्यक्रम, एकिकृत कर सम्पति निरन्तरता गर्दै वडास्तरमा लैजाने, गाउँपालिका ४ वटा वडापािलकाको भवन निर्माण गरिने भएको छ । यसैगरी अर्गानिक वालि संरक्षण देखी विभिन्न कार्यक्रमहरु ल्याएको छ । यसैगरी रुपी छराको विकास र संरक्षणका लागि सम्भावब्यता अध्ययन गरी पर्यटकीय केन्द्र बनाउने भएको छ । यसैगरी गाउँपालिका स्तरीय संचार निति समेत बनाउने भएको छ ।
उपाध्यक्ष रोकायाले प्रस्तुत गरेको बजेट निति कार्यक्रममा आर्थिक बर्ष २०७५।०७६ मा रु २ करोड १५ लाख ६९ हजार र पुजीगत तर्फ ५ करोड २२ लाख ८६ हजार रहेको छ । यसैगरी सशर्त अनुदानमा रु ९ करोड २८ लाख २ हजार रहेको छ । गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले अव जनताले लाभ हुने कार्यक्रमहरुको प्रथामिकता बजेट तथा नितिले दिएको बताउनुभयो । नेकपा जिल्ला समिति सदस्य अमरजंग शाहीले गाउँपालिकाले लोकप्रिय कार्यक्रम ल्याएको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । गाउँपालिकाले गाउँपालिका, कार्यपालिका र पत्रकारहरुको उपस्थितिमा सार्वजनिक गरिएकोछ । जिल्लाका पालिकाहरुले अहिले धमाधम आर्थिक बर्ष २०७६।०७७ सालको निति कार्यक्रम तथा बजेट ल्याउने क्रम जारी छ । तातोपानी गाउँपालिकाले भने निर्धारित समय असार १० मै बजेट ल्याएको छ ।
तातोपानीले जनता सँग अध्यक्ष कार्यक्रम सहित पर्यटन विकासमा जोड दिईएको छ , कृषिमा बढोत्तरीमा प्रथामिकता दिएको अध्यक्ष नवराज न्यौपानले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्