

मंसिर १८ गते । खस शब्दमा आधारित “खसिया आखार” शब्दकोष प्रकाशनको तयारीमा रहेको छ ।
आर्थिक स्रोत जुटेपछि शब्दकोष प्रकाशन हुने भएको खसिया आखार शब्दकोषका सम्पादक रमानन्द आचार्यले जानकारी दिनभयो । उहाँका अनुसार कणाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने खबर आएपछि प्रकाशन गर्न तिब्रता दिईएको हो ।
आचार्यले बि.सं २०६४ साल देखी लेख्न शुरु गर्नुभएको शब्दकोष अहिले कम्यूटर टाईपिङ भईरहेको जानकारी गरिएको छ । खस शब्दकोष लामो समय सम्म स्रोत नजुटेपछि प्रकाशनको अन्यौल भएको थियो तर अहिले सामाजिक विकास मन्त्रालय कर्णालीले बुद्धा नम्बर १३० मा बजेट विनियोजन गरेको खबर पाईएपछि मन्त्रालयलाई लाग्ने खर्चको परियोजना प्रस्ताव पठाईएको समितिले जनाएको छ ।
खसिया आखार समितिका सदस्य प्रकाश चन्द्रखत्रीका अनुसार मन्त्रालयलाई रु ३२ लाख रुपैया बढिको पुस्तक प्रकाशनमा लागत परियोजना प्रस्ताव पठाईएको छ । उहाँले तत्कालिन साम्राज्यको राजधानी सिञ्जा र यहाँबाट भाषाको उत्पति जुम्लाबाटै भई अहिले राष्ट्रिय भाषाको रुपमा परिणत भएकाले खस शब्द जोगाई राख्न पछिल्लो महत्वपूर्ण दस्तावेज भएको बताउनभयो ।
जिल्लामा खस शब्दकोष तयारीका लागि निर्माण गरिएको खसिया आखार समितिको वैठकले सामाजिक विकास मन्त्रालयलाई बजेट माग गर्न जिल्ला समन्वय समितिलाई सिफारिस गरिदिन भन्दै निर्णय समेत गरेको छ । वैठकले उक्त ऐतिहासिक दस्तावेज प्रकाशन गर्न सहयोग गर्ने जानकारी भएकाले सामाजिक विकास मन्त्रालयलाई धन्यवाद ज्ञापन गर्दै सो रकम समितिको खातामा पठाई सहयोग गरिदिन अनुरोध गरेको छ । अर्को शब्दकोषको नाम खसिया आखार (माझाली) समेत राख्ने निर्णय गरेको छ । ज्येष्ठ नागरिक आचार्यले २५ हजार बढि खस शब्दकोष समेटिएको उक्त पुस्तक तयारी भयो भने सिञ्जामै प्रकाशन गर्न जोड गर्ने र सहयोग तथा समन्वयका लागि सिञ्जाका तीन स्थानीय सरकार सँग समन्वय गर्नुपर्ने बताउनुभयो । शब्दकोषको अहिले अ देखी न सम्म कम्यूटर टाईपिङ समेत भईसकेको आचार्यले जानकारी दिनुभयो ।
तत्कालिन समयमा जिल्ला विसका समिति हुदा स्थानीय विकास अधिकारी तिलक पौडेलको पहलमा शब्दकोषको बिषय अगाडि बढेको र खसिया आखार समितिमा सम्पादक आचार्य सहित सदस्यहरु खस सस्कृतिका जानकार तंगनाथ उपाध्याय, दयादत्त हमाल, प्रकाशचन्द्र खत्री र हरिवावु चौलागाई सहितको ५ सदस्यीय समिति गठन समेत गरिएको थियो । अव समितिले चाडै प्रकाशनमा ल्याउने बताएको छ ।